
News Summary
Generated by OK AI. Editorially reviewed.- अनमोल केसी स्टारर 'जेरी अन टप'ले घरेलु बक्सअफिसमा सुखद कमाइ गरिरहेको छ।
- फिल्म क्लाइमेक्ससहितका दृश्य टिकटक र रिल्समा व्यापक रूपमा पाइरेसी भैरहेको छ।
- निर्माता सरोज न्यौपानेले सामाजिक सञ्जालमा पाइरेसी विरुद्ध साइबर ब्यूरोमा उजुरी दिने जानकारी दिनुभएको छ।
काठमाडौं । अनमोल केसी स्टारर ‘जेरी अन टप’ले घरेलु बक्सअफिसमा सुखद कमाइ गरिरहेको देखिएको छ । शुक्रबार र शनिबार हलमा देखिएको दृश्यले फिल्मको सुखद ब्यापारलाई संकेत गर्छ ।
यद्यपी, सिनेपाः बक्सअफिसबाट कमाइको औपचारिक आँकडा आउन भने बाँकी छ । फिल्म राम्रो चलेसँगै फिल्म भने पाइरेसीको चपेटामा परेको छ । टिकटक र रिल्स लगायतका सामाजिक सञ्जालमा यो फिल्मका क्लाइमेक्ससहितका महत्वपूर्ण दृश्य छ्याप्छयाप्ती छन् ।
टिकटकमा त क्लाइमेक्स नै पोस्ट भएको छ । रिल्समा पनि यस्तै देखिन्छ । प्रतिलिपि अधिकार उल्लंघनको यो चुनौतीबीच निर्माता सरोज न्यौपानेले आइतबार प्रहरीको साइबर ब्यूरोमा उजुरी दिने भएका छन् ।

न्यौपानेले सामाजिक सञ्जालमार्फत आफ्नो फिल्म पाइरेसी गर्नेविरुद्ध आफूहरू साइबर ब्यूरो जान लागेको जानकारी दिएका छन् ।
हरेक प्रतीक्षित र नयाँ फिल्म यसरी टिकटक र रिल्समा फिल्म पाइरेसी हुने कुरा नयाँ भने होइन । वर्षौंदेखि फिल्म छ्याप्छ्याप्ती यसरी सार्वजनिक हुँदा निर्माता र उद्योगलाई नै टाउको दुखाइको विषय बनिरहेको देखिन्छ ।
चलचित्र विकास बोर्डले यसअघि पटक पटक विज्ञप्ति जारी गर्दै पाइरेसी गर्नेविरुद्ध कानूनी कार्वाहीको चेतावनी त दियो तर, त्यसको कार्यान्वयन भने हुन सकेको छैन ।
पाइरेसीविरुद्ध कडारुपमा पेश हुन बोर्डले चलचित्र संघलाई पत्र काटेरै निर्देशन दिएको थियो ।
प्रतिक्रिया 4