+
+
Shares

‘कान्तरा २’ अक्टोबर ३० मा अमेजन प्राइममा भिडियोमा

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २ गते ८:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दक्षिण भारतीय फिल्म 'कान्तरा च्याप्टर १' ले विश्वब्यापी ७२५ करोड भारु कमाएको छ।
  • भारतीय बक्सअफिसमा यसले अहिलेसम्म ४९४ करोड भारु कलेक्सन गरेको छ।
  • फिल्म अक्टोबर ३०, २०२५ मा अमेजन प्राइम भिडियोमा डिजिटल रिलिज हुने अपेक्षा गरिएको छ।

मुम्बई । ऋषभ शेट्टी स्टारर दक्षिण भारतीय फिल्म ’कान्तरा च्याप्टर १’ ले बक्स अफिसमा आफ्नो उत्कृष्ट दौडलाई जारी राखेको छ ।

फिल्मले विश्वब्यापी ७२५ करोड भारु कमाएको छ । भारतीय बक्सअफिसमा अहिलेसम्म ४९४ करोड भारु कलेक्सन छ । यो फिल्मले नेपाली बक्सअफिसमा १० करोड ग्रसको आँकडा पार गर्ने अनुमान छ ।

’थामा’ रिलिज हुनुभन्दा अगाडि यसले अझ राम्रो कमाई गर्नको लागि अर्को सप्ताहन्त बाँकी छ, तर दीपावलीपछि यसको गति सुस्त हुन सक्छ र नयाँ रिलिजबाट यसले कडा प्रतिस्पर्धाको सामना गर्न सक्छ ।

हलमा फिल्म चलिरहँदा यसको डिजिटल रिलिजको कुरा पनि सामुन्ने आएको छ ।

प्रारम्भिक रिपोर्टअनुसार, यो फिल्म अमेजन प्राइम भिडियोमा स्ट्रिम हुने अपेक्षा गरिएको छ र कन्नड, तमिल, तेलुगु र मलयालमसहित धेरै भारतीय भाषाहरूमा उपलब्ध हुनेछ ।

हिन्दी डब गरिएको संस्करण रिलिज भएको लगभग ८ हप्ता पछि आउन सक्ने अनुमान छ । यद्यपि स्ट्रिमिङ प्लेटफर्मले अहिलेसम्म कुनै आधिकारिक घोषणा गरेको छैन ।

सामान्यतया, हल र ओटीटी रिलिज बीचको समय अन्तर छ-आठ हप्ताको बीचमा हुन्छ । ’कान्तरा च्याप्टर १’ को डिजिटल रिलीज मिति अक्टोबर ३०, २०२५ रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?