Comments Add Comment

भैरहवामा खुल्यो सुविधा सम्पन्न ‘र्‍याडिसन रिसोर्ट’, २५ करोड लगानी

Radision-Resort-final-2

सलमान खान

१३ कात्तिक, भैरहवा । आन्तरिक तथा बाहृय पर्यटकहरुलाई लक्षित गर्दै रुपन्देहीको भैरहवामा सुविधा सम्पन्न ‘र्‍याडिसन रिसोर्ट’ सञ्चालनमा आएको छ । भैरहवाको मुटु देवकोटा चोकबाट एक किलोमिटर पूर्वतर्फ परासी रोडमा उक्त रिसोर्ट सञ्चालनमा ल्याइएको हो ।

बुधबारदेखि सञ्चालनमा आएको होटलमा करिव २५ करोड रुपैयाँ लगानी रहेको छ । रिसोर्टमा पर्यटकहरुलाई पाँचतारे स्तरका सेवा सुविधाहरु उपलब्ध गराउने रिसोर्ट सञ्चालक प्रमोद यादवले बताए ।

‘शान्तिका दूत गौतम बुद्धको जन्मस्थल लुम्विनीमा आउने पर्यटकको संख्या बढ्दै गइरहेका कारण सुविधा सम्पन्न रिसोर्ट सञ्चालनमा ल्याएका हौं’ सञ्चालक यादवले भने- ‘यहाँ अन्तर्राष्ट्रिय स्तरको क्षेत्रिय विमानस्थल निर्माण पश्चात पर्यटकको आगमन झनै बढ्ने अपेक्षा हामीले लिएका छौं ।’

मोफसलमा पनि पर्यटकहरुलाई उनीहरुले चाहे अनुरुपमा सुविधाहरु उपलब्ध गराउनु रिसोर्टको मुख्य उद्देश्य रहेको छ । यो रिसोर्टलाई राजधानी बाहिरको नमुना रिसोर्टका रुपमा विस्तार गर्ने लक्ष्य रहेको सञ्चालक यादवले सुनाए ।

रिसोर्टको सञ्चालनसँगै यस क्षेत्रमा आउने पर्यटकहरुलाई थप सुविधा उपलब्ध भएको छ । सञ्चालक यादवका अनुसार रिसोर्ट सञ्चालनमा आएको पहिलो दिन नै २४ जना विदेशी पर्यटकलाई सेवा दिइएको छ ।

‘रिसोर्टमा बास बस्न आउने आउने स्वदेशी तथा विदेशी पर्यटकलाई एयरपोर्टबाट पिक एन्ड ड्रपमात्र होइन, बसबाट भैरहवा आइपुग्ने यात्रुलाई पनि उनीहरुले भनेकै ठाउँमा लिन जाने र छोड्ने यातायातको व्यवस्था हामीले गरेका छौं’ यादवले भने- ‘यस्तो सुविधा सम्भवत नेपालमा पहिलो पटक होला ।’

तारे होटलमा हुने सबै सेवा सुविधाहरु यस रिसोर्टमा उपलब्ध हुने रिसोर्टका महाप्रबन्धक अमृत खनालले बताए । रिसोर्ट निर्माण पुरा नहुँदै नोभेम्वरदेखि मार्चसम्मका लागी बुकिङ भएको र प्राय: लुम्विनी भ्रमणमा आउने बौद्ध धर्मावलम्वी रिसोर्टको लक्षित वर्ग रहेको खनालको भनाई छ ।

Radision-Resort-final-

‘अहिले देखिनै शत् प्रतिशत रीजर्भेशन भएपछी हामी निकै उत्साहीत भएका छौं’ महाप्रबन्धक खनालले  भने- ‘यो रिसोर्टका लागि सुखद पक्ष हो ।’

रिसोर्टमा ४० वटा कोठाहरु रहेका छन् । एक रातमा १ सय २० जना बास बस्न सक्ने यस रिसोर्टमा सबै कोठाहरुमा बातानुकुलित (एसी) जडान गरिएको छ । रिसोर्ट परीसरमै आठ वटा बंगला रहेका छन्, जस्मा १६ कोठाहरु रहेका छन् । दुईवटा रोयल स्वीट रुम रहेका छन्, जहाँ किचन, डाइनिङ, लिभिङ रुम, बेडरुम, २ वटा बाथरुम छन् ।

रीसोर्टमा पर्यटकको सुविधाका लागी स्वीमिङ पुल, हेल्थ क्लव, साउना वाथ, गार्डेन लगायत रहेका छन् । त्यस्तै, १ सय ५० जना क्षमताको रेष्टुरेन्ट र साना ठुला गरी ३ वटा कन्फ्रेन्स हल निर्माण गरिएको छ ।

कन्फ्रेन्स हल २ वटामा ३ सय ५० जना र १ वटामा १ सय भन्दा बढी अटाउने बताइएको छ । रिसोर्टमा बार, क्युरीयो सप, ट्राभल डेस्क, लिफ्ट सेवाहरु पनि उपलब्ध छन् । रिसोर्ट परीसरमा कम्तिमा १ सयवटा साना तथा ठुला सवारी साधन पार्किङ व्यवस्थापन गर्न मिल्छ । रीसोर्टले ६० जनालाई रोजगारी प्रदान गरेको छ ।

निर्माण क्रममा रहेकोे प्रस्तावित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र बुद्धजन्मस्थल लुम्विनीका कारण यहाँ पर्यटक आगमन अत्यधिक हुने निश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment