Comments Add Comment

लगानीको वातावरण बनिरहेको नेपालको दाबी

Sejon-training

१४ कात्तिक, काठमाडौं । प्रधानमन्त्रीका आर्थिक सल्लाहकार चिरञ्जिवी नेपालले दोस्रो संविधानसभाको निर्वाचनपछि मुलुकमा लगानीको वातावरण बनिरहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) र अमेरिकी दूतावासको सहकार्यमा बाग्लुङमा सुरु भएको आर्थिक पत्रकारिता सम्वन्धी तालिम कार्यक्रममा उनले अहिलेको सरकारप्रति लगानीकर्ताको विश्वास बढेकाले लगानी बढेको बताए ।

उनले पत्रकारिताको विधामा आर्थिक पत्रकारिताले छुट्टै पहिचान बनाएको बताउँदै पत्रकारिताको माध्यमबाट मुलुकको विकासमा सहयोगी भूमिका खेल्नुपर्ने औंल्याए । नेपालले स्थानीय स्तरमा लगानीको अवसर प्रशस्त रहेको बताउँदै स्थानीय स्तरको अवसर हेरेर लगानी गर्न समेत उनले आहृवान गरे ।

कार्यक्रममा अमेरिकी दूतावासकी सूचना अधिकृत इनेका स्टोनहृयामले संविधान बन्ने चरणमा रहेको र आर्थिक विकासलाई अघि बढाउनुपर्ने बताइन । आर्थिक पत्रकारितामा लाग्नेहरुले वर्तमान अवस्थाको बारेमा जानकारी राख्नुपर्ने उनको भनाई थियो ।

सेजनका अध्यक्ष विज्ञान अधिकारीले आर्थिक पत्रकारिता तालिम विभिन्न जिल्लामा भइरहेको बताउँदै तालिममार्फत आर्थिक एजेन्डालाई अघि बढाउन सहयोग पुगेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment