Comments Add Comment

एप्पल प्रमुख टिम कुकको जिवनी – पत्रिका बेच्ने देखि एप्पलको मालिक सम्म

tim-cook-with-iphone-6विश्वको सबैभन्दा मूल्यवान ब्राण्डको रुपमा स्थापित हुन सफल एप्पल कम्पनीका प्रमुख कार्यकारी टिमोथी डोनाल्ड -टिम) कुकले आफु समलिंगी रहेको खुलासा गर्दै सबैलाई तिनछक पारेपछि अहिले यसले खुबै चर्चा पाइरहेको छ । मानव अधिकार तथा समानताका पक्षमा आफुलाई उभ्याउँदै उनले विश्वका लाखौँ समलिंगीको साथमा आफु रहेको सन्देश प्रवाह गरे । यसलाई उनको निकै ठूलो साहस मान्नुपर्छ ।

प्रसिद्धीको चुचुरोमा पुगिसकेको मानिसले एकाएक धेरै फ्यानले सोच्दै नसोँचेको, करिअरमा समेत ठेस पूराउन सक्ने, अपि्रय तथा वषौँसम्म लुकाइरहेको सत्य उजागर गर्नु कम्ता अप्ठेरो थिएन । तर कुकले सो अप्ठेरोलाई आत्मसात गर्दै आफुलाई खुलाए । वास्तवमा टिम कुक संघर्षबाट स्थापित भएका व्यक्ति थिए, त्यसैले उनलाई आफ्नो निजत्वको खुलासा गर्न हिच्किचाउनु परेन ।

सन् १९६० नोभेम्बर १ मा अमेरिकाको अलाबामामा उनको जन्म भएको थियो । टिम कुक निकै साधारण परिवारका थिए । उनका बुवाले पानीजहाजमा काम गर्थे भने आमाले घर सम्हालेकी थिइन् ।

धेरैलाई थाहा नहुन सक्छ एप्पलका वर्तमान सिइओ टिम कुकले आफ्नो किशोरावस्थामा पत्रपत्रिका बेचेर जिवन निर्वाह गरेका थिए । आफ्नो गृह राज्य अलाबामाको प्रकाशन द प्रेस रजिस्टरको पत्रिका उनले बेच्ने गर्थे ।

पत्रिका बेच्ने काम मात्र होइन, उनले आफ्नी आमासँग फार्मेसीमा काम समेत गरेका थिए । यद्यपि उनको चाहना भनेको माथि उठ्ने र जिवनमा ठूलो मान्छे बन्ने थियो । आफ्नो यो लक्ष्यलाई पूरा गर्न उनले भरपूर मेहेनत गरे र अहिले उनी दुनियाको ठूलोमध्येको एक प्रविधि कम्पनी एप्पलको मुख्य हाकिम छन् ।

कुक अबम विश्वविद्यालयमा अध्ययनका क्रममा रेनल्ड्स् अल्मुनियम कम्पनीमा पार्टटाइम काम गर्थे । यो काम उनको पढाइको हिस्सा पनि थियो । कम्पनीका कर्मचारीहरुले विस्तारै विस्तारै जागिर छाड्दै गए । यो कठीन समयमा कुकले उक्त कम्पनीका अध्यक्षलाई सहयोग गरे र उनीसँगै मिलेर उक्त कम्पनीलाई अघि बढाए ।

उनी इन्जिनियर बन्न चाहन्थे । त्यसैले उनले औद्योगिक इन्जिनियरिङको अध्ययन गरे ।

कुकले जब पहिलो कम्पनीमा काम गनृ सुरु गरे उनले सुरुकै दिन सोँचेका थिए की उनी कम्पनीको सबैभन्दा उच्च पदमा पुग्नेछन् । उनले कार्यालयमा आफ्नो लागि एक सानो कोठा समेत तयार पारे । सुरुमा त मानिसहरुलाई उनको यो कदम अनौठो लागेको थियो, तर पछि सबैले बुझे की उनले माथि उठ्नका लागि सानो कुराबाटै सुरु गर्दा रहेछन् ।

कुक आफुलाई एक शासक जस्तो ठान्थे, हन साम्राज्यको शासक अटिला जस्तो । उनले यो शव्द एप्पलका सहसस्थापक स्टिभ जब्ससँग पनि भनेका थिए । उनलाई कैयौँ पटक ठूला कम्पनीहरु डेल तथा मोटोरोलाको सिइओ बन्ने प्रस्ताव पनि आयो, तर उनले स्विकार गरेनन् ।

एप्पल छिर्नुअघि उनले आइबिएम कम्पनीमा १२ वर्ष तथा इन्टेलिजेन्ट इलेक्ट्रोनिक्स तथा कम्प्याक लगायतका कम्पनीमा समेत काम गरेका थिए ।

कुक सधै आफ्ना कर्मचारीसँग कुराकानी गर्थे, केही कुरा सोध्थे पनि, सही जवाफ नआउन्जेलसम्म । उनी आफ्नी आमासँग सबैभन्दा धेरै कुरा गर्थे, जब उनी कम्पनीको कामले विदेशतिरको घुमाइमा हुन्थे । सायद यो कुरा अनौठो लाग्नसक्छ की छोरो कम्प्युटर कम्पनीकै मालिक भएपनि टिम कुकका बाउआमाले कहिल्यै पनि कम्प्युटरको प्रयोग गरेनन् ।

टिम कुक सादा जिवन उच्च विचारका धनी थिए । उनको जिवनशैली अहिलेपनि निकै साधारण छ । टिम कुक कैयौँ वर्षसम्म भाडाको घरमा बसे, जहाँ एसी थिएन । उनले खुद्रा व्यापारीबाटै आफ्ना लत्ताकपडा खरीद गर्थे । एप्पलको सिइओ बनेपछि पनि उनको यो साधारण बानी छुटेको थिएन र कर्मचारीसँगै एप्पलको क्याफेटेरियामा सँगै खाजा खान्छन् अहिलेपनि ।

टिम कुकलाई असफल हुने डर कहिल्यै लागेन । उनले एकपटक एउटा अन्तरवार्तामा भनेका थिए, यदि म आफ्नो काममा फेल भएँ भने मैले मेरो कामको सुरुवात फेरि नयाँ सिराबाट गर्नेछु ।

विश्वमा नम्वर वान
दुनियाको दोश्रो ठूलो प्रविधि कम्पनीको सिइओ बनेसँगै उनी विश्वको यस्तो पहिलो सिइओ बने जसको तलब सबैभन्दा बढि छ । एप्पल श्रोतका अनुसार सन् २०१३ मा टिम कुकले तलबभत्ता बापत ७ करोड ४० लाख अमेरिकी डलर हात पारेका थिए ।

रोचक कुरा त के भने सन् १९८८ मा एक एजेन्सीमार्फत उनलाई एप्पलको जागिरका लागि प्रस्ताव गरिएको थियो । तर उनले त्यतिबेला एप्पलमा जागिर खान अस्विकार गरेका थिए । तर जब सन् १९९८ मा एप्पलका प्रथम सिइओ स्टिभ जब्ससँग कुराकानी भयो, उनले ५ मिनेटमै आफ्नो गर्दै आएको जागिर छाडेर एप्पलमा आबद्ध भए र सुरुमै वरिष्ठ उपाध्यक्षको पद पाए ।

सन् १९९६ मा कुक निकै बिरामी भए । सोही बेला उनलाई आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्ने होस आयो । त्यसपछि उनले साइकल चलाउन, जिमखाना जान समेत सुरु गरे र आफ्नो कामलाई पनि निरन्तरता दिए ।

टिम कुक हरेक दिन बिहान साढे ४ बजे उठ्छन् । आफ्नो कामसँग सम्बन्धित इमेल गर्छन् । कार्यालयमा समेत समयमै पुग्छन् । विदाको दिन आइतबारको रात उनी आगामी हप्ताको योजना तयार गर्छन् ।

नोभेम्बर १ मा ५४ वर्ष पुगेका टिम कुकलाई जन्मदिनको शुभकामना । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment