+
+
Shares

राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार ३ रोल्पालीलाई

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक १८ गते ११:०९

ROLPA-KA-KISAN१८ कात्तिक, रोल्पा । कृषि क्षेत्रमा उष्कृष्ट कार्य गरे बाफत रोल्पाका ३ जना कृषकहरुलाई उत्कृष्ट राष्ट्रपति पुरस्कार दिईएको छ ।

३४ औं विश्व खाद्य दिवसको अवसरमा मंगलबार जिल्ला कृषि विकास कार्यालय रोल्पामा आयोजित कार्यक्रममा घर्तीगाउँ-८ का रनसिंङ बुढा, लिबाङ-४ का ज्ञानबहादुर घर्ती र राङ्सी-५ का छविकुमार श्रेष्ठलाई पुरस्कृत गरिएको हो । पुरस्कारको राशि १० हजार नगद र प्रमाणपत्र छ ।

पुरस्कार पाएपछि कृषकहरुले आफूहरुलाई थप प्रेरणा मिलेको भन्दै कृषिलाई अझै व्यवसायिक बनाउन लागिपर्ने बताए ।

विश्व खाद्य दिवसको अवसरमा ‘पारिवारीक खेती सबैलाई खुवाऔं, पृथ्वीलाई जोगाऔं’ भन्ने शीर्षकमा गरिएको निवन्ध प्रतियोगिताका विजयीहरुलाई पनि पुरस्कार र प्रमाण-पत्र दिईएको थियो ।

कार्यक्रममा वरिष्ठ कृषि विकास अधिकृत किशोर पन्तले रोल्पामा अब अलैंची, सुन्तला, कागती, आलु खेती र मकैको बिउको जर्गेना गर्ने कार्यक्रमलाई अभियानकै रुपमा गाउँ-गाउँमा लैजाने बताएका थिए ।

– ईश्वरी जी.एम.बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?