Comments Add Comment

दीलिपलाई क्रेज फर्काउन हम्मे-हम्मे

dilp-rayamaji
चलचित्र ‘आदिकवी भानुभक्त’मा पहिलो पटक काम गर्दा नायक दीलिप रायमाझीको चर्चा निक्कै भयो । ‘जीन्दगानी’, ‘दर्पणछाँया’ जस्ता चलचित्रमा काम गर्दा त उनी छोइनसक्नु भएका थिए । तर, आज उनको क्रेज घटेको छ ।

कुनै बेला नायक राजेश हमालसँग तुलना हुन्थ्यो उनको । तर, आफूलाई मेन्टेन गर्न नसक्दा दीलिप हराएका छन् । राम्रो नाच्ने, अभिनय पनि उस्तै गर्ने दीलिपका लागि आज क्रेज फर्काउनु फलामको चिउरा चपाए जस्तै छ ।

केही समय अघि हङकङमा आयोजना भएको ‘नेफ्टा अवार्ड’मा उनलाई त्यहाँका नेपालीले खुबै माया देखाए । अन्य नायकको तुलानामा राजेश हमाल, दीलिप रायमाझीको क्रेज ज्यादा देखियो । नेपालबाट बाहिर गएका दर्शक अझै पनि दीलिप रायमाझीलाई चिन्छन् र उनकै चलचित्र हेर्न चाहन्छन् ।

दीलिप अब आफूले मेन्टेन गर्ने र दर्शकले दिएको मायालाई बचाउँने बताउँछन् । तर, समय फेरिएको छ । जस्तो पनि चलचित्रमा काम गर्दा उनको क्रेज हराएको हो । उसो त उनले हालै मात्र २ वटा चलचित्रमा काम गरे । तर, उनलाई आफ्नो पुरानो क्रेज भने फर्काउन हम्मे-हम्मे नै परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment