नायिका पूजना स्त्रिको प्रस्तुतीमा बनिरहेको चलचित्र ‘चकलेट’को छायांकन सकिएको छ । सडक बालबालिकाको कथामा तयार भएको यो चलचित्रको छायांकन सकेर निर्माण यूनिट पोखराबाट काठमाण्डौ फर्किएको छ ।
निर्मल शर्माले निर्देशन गरेको चलचित्रमा पूजना स्त्रि, नम्रता झा, आयुष्मान घिमिरे, केशव भट्टराई, अनुज शाक्य, सुमन गैरे लगायतका कलाकारले अभिनय गरेका छन् । दरबारमार्गमा रहने सडक बालबालिकाको कथालाई चलचित्रले देखाउन खोजेको छ । जसमा आधा दर्जन बालबालिकाले पनि अभिनय गरेका छन् । पोखरामा ‘हद भन्दा बढि माया गर्छु’ बोलको गीतको भिडियो खिचिएको हो । यो गीतको निर्देशन भने प्रशन्न पौडेलले गरेका हुन् ।
मिलन अमात्य र विश्व नेपालीको स्वर रहेको गीतमा शिखर सन्तोषको संगीत, आनन्द घिमिरेको शब्द छ । यो गीतलाई चलचित्रको सबैभन्दा शक्तिशाली पाटो मानिएको छ । चलचित्रको प्रदर्शन चाडै गर्ने योजना निर्माणपक्षले लिएको छ ।
प्रतिक्रिया 4