Comments Add Comment

सुष्मा र सविनको ‘संजोग’

sangog nepali film (3)
चलचित्र ‘संजोग’ यूनिटले अकस्मता पत्रकार सम्मेलनको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको छ । प्रदर्शन मिति पक्का नभएको चलचित्रको यूनिटले पत्रकार सम्मेलन हतारमा गरेको थियो ।
कार्यक्रममा चलचित्रका मुख्य २ कलाकार सुष्मा कार्की र सबिन श्रेष्ठ देखा परेनन् । चलचित्रको निर्देशक बेदप्रसाद भुर्तेलले गरेका हुन् । कार्यक्रममा निर्देशक नवल नेपालले चलचित्र सफलताको शुभकामना दिए ।

चलचित्रका कलाकार प्रज्वल गिरीले धेरै मिहिनेतका साथ काम गरेको खुलाए । निर्देशक भुर्तेलले चलचित्रलाई राम्रो बनाउन कुनै कसर बाँकी नराखेको बताए । झापाका विभिन्न रमणिय स्थानमा खिचिएको चलचित्रमा चन्द्र पन्तको एक्सन, गोविन्द राइको नृत्य, हरिनारायण चौधरीको छायांकन छ । चलचित्रमा उमेश उप्रेती र रोशन उप्रेतीको लगानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment