Comments Add Comment

तन्नेरीका प्रेमकथामा फिल्म बनाउन सिकाएका थिए आलोकले

Alok_Nimangकाठमाडौ । बिहीबार सँझ आफ्नै निवासमा मृत अबस्थामा भेटिएका निर्देशक आलोक नेम्बाङ नेपाली चलचित्रका औसत निर्देशक हैनन् ।
निकै थोरै फिल्मको निर्देशन गरेपनि उनले नेपाली सिने उद्योगमा नयाँ आयामको सुरुवात गरे, जसले नेपाली सिनेमाको ‘स्टोरी टेलिङ’ शैलीलाई बदल्न मद्दत गर्‍यो ।
फर्मुला फिल्मको बिगबिगी भएको बेला सामान्य प्रेमकथामा फिल्म बनाउने अगुवा थिए आलोक नेम्वाङ ।
प्रायः पाँच गीत, पाँच फाइट र बाँकी गन्थनमै एउटा फिल्म सकिने समयमा उनले सामान्य कथामा तन्नेरीका भावना समेटेर ‘सानो संसार’ बनाएका थिए ।
हिरोइनको रोनाधोनालाई निकै महत्व दिएर फिल्म बनाइरहेको बेला आलोकले हिरोइनको चरित्रलाई बलियो रुपमा प्रस्तुत गरेका थिए ।
मोडलिङमा रमाइरहेकी नम्रता श्रेष्ठ सानो संसारवाट रजतपटमा प्रवेश गरेकी थिइन् । अर्का नायक कर्मालाई पनि आलोकले नै डेब्यु गराएका थिए सानो संसारमार्फत् ।
म्युजिक भिडियो निर्देशनमा सक्रिय आलोकले बिशुद्ध प्रेमकथामा विल्कुल नयाँ अनुहारलाई लिएर फिल्म बनाएपछि अन्य निर्देशकले समेत नयाँ कलाकार र नयाँ विषयमा फिल्म बनाउने हिम्मत गरेका हुन । कहिल्यै कुनै बिबादमा नपरेका एक मात्रै निर्देशक हुन् उनी । उनले दोस्रो चलचित्र ‘कोही मेरो’ बनाएका थिए भने तेस्रो चलचित्र प्रर्दशन हुने तयारीमा थियो ।
हरेक फिल्म हलमै गएर हेर्थे
म्युजिक भिडियो निर्देशनमा सक्रिय आलोकले कहिल्यै कुनै पनि फिल्मको आलोचना गरेनन् । तर, हरेक नेपाली फिल्म हलमै गएर हेर्थे उनी । बक्स अफिसमा राम्रै ब्यापार गरेको मात्रै होइन कमजोर फिल्म समेत हलमै गएर हेर्ने बानी थियो । कुनै पनि फिल्म हेर्न जानु अघि सम्बन्धित फिल्मका निर्मातालाई फोन गरेर ‘तपाइको फिल्म कुन हलमा लागेको छ ?’ भनेर सोधेर जान्थे । प्रायः फिल्म आफै टिकट काटेर हेर्थे ।
कुशल नृत्यकार
कुशल निर्देशक मात्रै नभएर कुशल नृत्यकार समेत थिए आलोक । तर, आफुले बनाएको म्युजिक भिडियोमा कहिल्यै नाचेनन् । काठमाडौमा भएको केही फिल्मी अवार्डमा भने नाच्ने गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment