Comments Add Comment

सिटी एक्सप्रेसको ‘पैसा हात-हातमा’ उपहार योजनामा साढे सात सय जना पुरस्कृत

city express२१ कात्तिक काठमाडौं । रेमिटान्स सेवा प्रदायक कम्पनी सिटी एक्सप्रेस मनी ट्रान्सफरले आठौं वाषिर्कोत्षवका अवसरमा सञ्चालन गरेको ‘पैसा हात-हातमा, उपहार आठ-आठमा’ योजनामा करिब साढे सात सय जना पुरस्कृत भएका छन् ।

कम्पनीले गत असार २७ गतेदेखि असोज २७ गतेसम्म यो योजना सञ्चालन गरेको थियो । अन्तिम महिनाको ८ गते बम्पर उपहारस्वरुप ‘१५० सिसीको मोटरबाइक’ सुनसरीकी सिभि थरुनीलाई प्रदान गर्दै यो कार्यक्रम सकिएको कम्पनीले जनाएको छ ।

यो योजना अन्तर्गत प्रत्येक दिन आठ जना सेवाग्राहीलाई ‘वीन्ड प्रुफ-ज्याकेट’ वितरण गरेको छ । कम्पनीले हालसम्म ७ सय २० जनालाई वीन्ड प्रुफ-ज्याकेट’ प्रदान गरिएको कम्पनीले जनाएको छ ।

त्यसैगरी प्रत्येक आठ दिनमा एकजनालाई ‘स्मार्ट फोन’ प्रदान गरिएको कम्पनीले जनाएको छ । जसमा स्याङजाकी चिनकली गुरुङ्ग, मोरङकी मालादेवी अमात्य, जनकपुरका झागिर आलम, रुपन्देहीही भिमादेवी थापा सारु, चितवनका रामशरण दराई, गुल्मीकी बेलकुमारी कुमाल, पाल्पाकी ताराकुमारी रुचान, काठमाडौंकी शान्तिमाया तामाङ, पाँचथरका हरिचन्द्र राना मगर र धनुषका झगरु इादव र सेलदेवी साहुले स्मार्ट फोन पाएका छन् ।

त्यस्तै प्रत्येक महिनाको ८ गते एकजनालाई ‘सुनको सिक्री’ उपहार दिने योजना अन्तर्गत तनहुँकी पूर्ण कुमारी खाँड, धनुषाकी सेल देवी साहु र धादिङकी सीता आले मगरले प्राप्त गरे ।
सेवाग्राहीले पैसा भुक्तानी लिदाँ प्रयोग गरिने कोड नम्बरलाई नै ‘लक्की-ड्र’मा प्रयोग गरिएको थियो । यो उपहार योजनामा सहभागी हुन विदेश तथा स्वदेशबाट सिटी एक्सप्रेसमार्फत् पैसा पठाउउने मध्येबाट ‘लक्की-ड्र’ गरिएको थियो ।

कम्पनीका देशभर ३५ सयभन्दा बढी सेवा केन्द्रहरू सञ्चालनमा छन् । सिटी एक्सप्रेसले विशेषगरी कतार, साउदी अरब, दुबई, मलेशिया, जापान, अमेरिका, जोर्डन, बेलायतलगायत रेमिटान्स पठाउने कार्य गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment