Comments Add Comment

नयाँ वर्षमा सांस्कृतिक कार्यक्रम गर्ने चितवन समाज युएईको तयारी

Posterदुबई । यूएर्इमा रहेका नेपालीहरूले सांस्कृतिक कार्यक्रम गरी अंग्रेजी नयाँ वर्ष मनाउँने तयारी गरेका छन् । चितवन समाज युएईले नेपालीहरूमाझ नाँचगान र रमाइलो गरी नयाँ वर्ष मनाउँने तयारी गरेका हुन् ।

अनाथ जेहेन्दार बिद्धार्थी को अक्षयकोषको लागि अंग्रेजी नयाँ वर्षको अवसरमा सांस्कृतिक साझ २०१५ मनाउने भएका हुन् ।

यूएईमा छरिएर रहेका चितवनवासीहरुलाई एकत्रित गरी एकै छानोमुनि गोलबन्द गर्दै समय समयमा  कार्यक्रम मनाउदै आएको चितवन समाज युएईले यसपटक पनि कार्यक्रमलार्इ निरन्तरता दिएको हो ।

बरदुबईको इम्पेरिअल सुइटमा डिसेम्बर २६, २०१४ का दिन चितवन समाज युएई  २०१५ को साथ अनाथ तथा जेहेन्दारलाई भन्ने मुख्य नाराका साथ सास्कृतिक साँझ २०१५ कार्यक्रम गर्न लागेको मित्र पाण्डेले बताए ।

मेट्रो पार्क (राइनो चौर) मा शुक्रबार बसेको चितवन समाजको बैठकले नेपालबाट पपगायक  कमल खत्री, नेपालको पहिलो बेल्ली डान्सर प्रमिला खनाल र लोक गायक रमेश रानामगर लार्इ आमन्त्रण गर्ने निर्णय गरेको छ । नेपाली कलाकारहरूका साथमा युएईको कलाकारहरुको साथमा कार्यक्रम गर्ने निर्णय गरिएको गणेश न्यौपानेले जानकारी दिए ।

नेपाली  संघसंस्थाहरुको पनि  सक्रिय संलग्नता रहने कार्यक्रममा सहभागिताको लागि पनि यहाँ रहेका नेपालीहरूलार्इ आह्वान गरेका छन्  ।

(मनोज अर्यालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment