Comments Add Comment

डीजेको समाजसेवा

rakam-sahayog

सलमान खान

पश्चिम नेपालका चर्चित डिस्क जकी डिजे आशा -होप) ले भैरहवा स्थित सिद्धार्थ बालगृहमा रहेका अनाथ बालबालिकाको लागी ७० हजार रुपैया बराबरको सहयोग उपलब्ध गराएका छन् । दिपावलीमा भैरहवामा आयोजित जीओनी दिपावल डिजे डान्स कार्यक्रमबाट आम्दानी भएको रकमको खर्च कटाई बचत रकमबाट बालगृहमा भौतिक पुर्बाधार निर्माणका साथै अन्य खाद्य लगायत बिभिन्न सामग्री डिजे आशाले प्रदान गरेका हुन् ।
आफ्नो कमाईको केही अंश सामाजिक क्षेत्रमा खर्चनु पर्छ भन्ने मान्यता राख्दै बालगृहमा सहयोग गरेको डिजे आशाले उल्लेख गरे ।

डिजे आशाले बालगृहको बाहीर भान्सामा ट्रस्ट निर्माणका साथै २ वटा र्याक , ३१ वटा कुशन चकटी, खाने तेल, ब्रस, मन्जन लगायतका बिभिन्न सामग्रीका साथै प्रति महिना २ हजारका दरले बाषिर्क २४ हजार बिद्युत महशुल समेत प्रदान गरे ।

सो क्रममा प्रमुख अतिथी समाजसेवि नारायण अग्रवाल, बिशिष्ट अतिथी भैरहवा उच्च माबिका अध्यक्ष आनन्द प्रसाद गुप्ता र डिजे आशाले बालगृहकी सञ्चालिका कृष्ण माया गुरुंगलाई सहयोग सामग्री हस्तान्तरण गर्दै अनाथबालबालिकालाई सहयोग सबैले गर्ने बताए ।

प्रमुख अतिथी नारायण अग्रवालले त्यहा रहेका बालबालिका ३१ जना  सबैलाई बिद्यालय पोशाक प्रदान गर्ने र अर्का अतिथी आनन्द प्रसाद गुप्ताले चामल प्रदान गर्ने घोषणा गर्दै सहयोग गर्न सबैलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment