Comments Add Comment

सकियो झरनाको ‘नो स्मोकिङ’

gharana-thapa
लामो समयदेखि छायांकन हुँदै रोकिएको चलचित्र ‘नो स्मोकिङ’को अब भने सुटिङ सकिएको छ । सुन्दरीजलको विभिन्न रमणिय स्थानमा दृश्य कैद गर्दै छायांकन सकिएको हो ।
मुरारी पोख्रेलले निर्माण गरेको यो चलचित्रलाई सुमन दाहालले निर्देशन गरेका हुन् । यसअघि ‘मन परेपछि’ निर्देशन गरेका सुमनले यसपटक धुम्रपानका कारण हुने असरलाई ‘नो स्मोकिङ’मा देखाउन खोजेका हुन् ।

खैरावङ् फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण भएको यो चलचित्रमा झरना थापा, संजय खतिवडा, महिमा सिलवाल, रमेश वुढाथोकी, दिनेश देवकोटा लगायतका कलाकारले अभिनय गरेका छन् । यो चलचित्रलाई आउँदो बैशाख ११ गते प्रदर्शन गर्ने तयारी गरिएको छ ।no-smoking

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment