Comments Add Comment

‘एउटा साथी’मा लक्ष्मणको तारिफ

euta-sathi-press-show
कात्तिक २१ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘एउटा साथी’का निर्देशक लक्ष्मण सुवेदीले चर्चा पाएका छन् । चलचित्र हेरेका अधिकांशले लक्ष्मणको तारिफ गरेका छन् । काठमाण्डौका आयोजना गरिएको प्रेस शोमा चलचित्र हेर्ने अधिकांश पत्रकारले निर्देशक सुवेदीको कामको प्रशंसा गरे ।

राम खनालले निर्माण गरेको यो चलचित्रमा सलोन बस्नेत, रिस्ता बस्नेत, अनु शाहा, जोन तामाङ लगायतका कलाकारको अभिनय छ । चलचित्रको कमेडी पाटोलाई दर्शकले रुचाएका छन् ।

पहिलो हाफमा दर्शकलाई हसाँउने र दोश्रो पाटोमा मित्रता, प्रेमको भाव बोेकेको यो चलचित्रले व्यापार पनि राम्रै गरिरहेको छ । लक्ष्मणले ‘एउटा साथी’ पश्चात दोश्रो चलचित्र ‘लालजोडी’ निर्देशन गर्ने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment