+
+
Shares

हिरासतमा रहेकी एच एन्ड बी बैंककी पूर्वसिइओ सैँजू अस्पतालमा

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २४ गते १३:२०

Jesoda saiju२४ कात्तिक, काठमाडौं । ३३ दिनदेखि प्रहरी हिरासतमा रहेकी एचएन्डबी डेभलपमेन्ट बैंककी पूर्वसिइओ जसोदा सैँजू अस्पताल भर्ना भएकी छन् ।

स्वास्थ्य अवस्था विग्रँदै गएपछि प्रहरीले सैँजूलाई बुद्वनगरस्थित हेम्स अस्पतालमा भर्ना गरेको प्ररहरीले जनाएको छ ।

झाडापखालाले सिकिस्त भएपछि सैजूलाई एक हप्ताअघि अपराध अनुसन्धान महाशाखाले अस्पतालमा भर्ना गरेको थियो । प्रहरीको निगरानीमा उनको उपचार भइरहेको छ । सैंजूको स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ ।

एच एण्ड बी बैङ्कको गूड फर पेमेण्ट चेक प्रकरणमा मुछिएका प्रशान्त अग्रवालको उजुरीमा प्रहरीले सैजू र पूर्वसञ्चालक पुष्पज्योति ढुङ्गानालाई पक्राउ गरेको थियो ।

प्रहरीले उनीहरूमाथि अनुसन्धानका लागि भन्दै पाँचौंपटक थपेको म्याद बुधवार सकिँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?