
News Summary
Generated by OK AI. Editorially reviewed.- बजारमा गोलभेँडाको मूल्य बढेको छ।
- बजारमा लोकल र सानो गोलभेँडाको मूल्य बढेको हो ।
- बजार व्यवसायीहरूले भनेका छन् कि आपूर्ति कम भएकाले मूल्य महँगो भएको हो ।
३१ वैशाख, काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बुधबार लोकल र सानो गोलभेँडाको भाउ बढेको देखाएको हो ।
कालीमाटी तरकारी बजारमा गोलभेँडा ठूलो भारतीय, भारतीय सानो, लोकल सानो र तराई सानो गरी चार प्रकारको किन्न पाइन्छ । आज लोकल गोलभेँडाको भाउ थोकमा प्रतिकिलो ५ रुपैयाँ र सानो तराई गोलभेँडाको प्रतिकिलो २३ रुपैयाँ भाउ बढेको छ ।
मंगलबार लोकल गोलभेँडा ७५ रुपैयाँ किलोमा किनबेच भएकोमा आज बुधबार किलोको ८० रुपैयाँ पुगेको छ । यस्तै तराई सानो गोलभेँडाको भाउ प्रतिकिलो आज पनि ८० रुपैयाँ कायम छ । मंगलबार तराई सानो गोलभेडाँ प्रतिकिलो ५७ रुपैयाँमा किनबेच भएको थियो ।
आज भारतीय ठूलो गोलभेँडा भने प्रतिकिलो ६५ रुपैयाँ र भारतीय सानो गोलभेँडा किलोको ६० रुपैयाँमा किनबेच भइरहेको छ ।
वैशाख दोस्रो साता कालीमाटी बजारमा भारतीय सानो गोलभेँडा किलोको ३५ देखि ४०, लोकल सानो गोलभेँडा ३५ देखि ४४ र तराई सानो गोलभेँडा ३५ देखि ५० रुपैयाँ थियो ।
बजारमा गोलभेँडाको आपूर्ति घट्दै गएकाले मूल्य महँगो पर्न गएको व्यवसायीहरूले बताएका छन् ।
प्रतिक्रिया 4