+
+
Shares

सेफोक्सुन्डोमा नेपालमै नयाँ प्रविधिबाट विद्युत उत्पादन

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २८ गते १२:१३

२८ कात्तिक, डोल्पा । माथिल्लो डोल्पाको फोक्सुन्डो गाविसको रिग्मो गाउँमा गहिरो सेफोक्सुन्डो तालबाट निस्केको पानीबाट नेपालमै नयाँ प्रविधिबाट विद्युत उत्पादन गरिएको छ ।

उक्त विद्युत विश्व वन्यजन्तु कोषको आर्थिक सहयोगमा र क्यानडा, संयुक्त राज्य अमेरिका को प्राविधिक सहयोगमा निकालिएको हो ।

फोक्सुन्डो जलविद्युत् आयोजना नाम राखिएको उक्त विद्युत्को क्षमता पाँच किलोवाट रहेको छ ।

गत बैशाख महिनामा निकालिएको उक्त विद्युत् तालसम्म पुग्ने हजारौँ विदेशी र स्वदेशी पर्यटकको सेवा सुविधालाई मध्यनजर गरी उत्पादन गरिएको निर्माण कम्पनी न्यू इनर्जीले बताएको छ ।

तालबाट निस्केको पानी सफा भएकाले यस ठाउँमा विद्युत निकालिएको र यो प्रविधि नेपालमै नयाँ भएको कम्पनीले जनाएको छ ।

यस जलविद्युतमा प्रयोग गरिएको सामानहरुको जम्मा तौल ३४१ किलो रहेको छ । यस ठाउँमा बगिरहेको खोलालाई थुनेर खुला रुपमा जेनेरेटर राखेर बिना विद्युत गृह विद्युत उत्पादन गरिएको छ ।

विद्युत उत्पादनपछि ताल वरपरका बस्तीहरु उज्यालो भएको तथा टेलिभिजनबाट देश विदेशका खबरहरु सुन्न पाइने गरेको स्थानीयवासी निमा लामाले बताए । आजभोलि विद्युत सेवा चौबीसै घन्टा सुचारु रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?