Comments Add Comment

नेताको घरभित्र भेटियो ३७ किलो सुन, झण्डै २ अर्ब नगद

भ्रष्टाचारको आरोपमा छानविनमा परेका एक नेताको घरबाट ठूलो परिमाणको सुन तथा नगदका साथै महत्वपूर्ण कागजात फेला परेको छ ।

Gold-BRTचीनको भ्रष्टाचार नियन्त्रण गर्ने निकायले चिनियाँ कम्युनिष्ट पार्टीका नेता मा काओकुनको घरबाट ३७ किलो सुन, १२ करोड युआन अर्थात् झण्डै १ अर्ब ८७ करोड रुपैयाँका साथै विभिन्न ६८ वटा घरको स्वामित्वका कागजात फेला पारेको छ ।

बेदेहे वाटर सप्लाइ कर्पोरेसनका पूर्व प्रबन्धक समेत रहेका मा चाओकुनको घरबाट सुन, नगद तथा धनमालका कागजात फेला परेको घटनालाई चिनिया संचार माध्यम सिन्ह्वाले ‘विभत्स’ भनि टिप्पणी गरेको छ ।

चीनको हेबेइस्थित केन्द्रीय अनुशासन निरिक्षण आयोगले नेता मा माथि घुस लिएको, सार्वजनिक सम्पत्तिको दुरुपयोग तथा क्षति पूराएको लगायतका अभियोग लगाएको छ ।

हेबेइमा ‘साना अधिकारीले गरेका ठूला भ्रष्टाचार’ प्रकरण मध्ये मा को यो प्रकरण एक रहेको सिन्ह्वाले जनाएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले देशमा भ्रष्टाचार निवारणका लागि उच्चपदस्थ ‘बाघ’ का साथै तल्लो स्तरका ‘झिँगा’ लाई समेत लक्षित गर्ने घोषणा गरिसकेका छन् ।

भ्रष्टाचारकै कारण चिनियाँ कम्युनिष्ट पार्टीको भविष्य धरापमा रहेको ठम्याइ उनको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment