Comments Add Comment

८ बर्षका निर्देशकको दाबी-‘ट्रेलर भन्दा फिल्म राम्रो छ’ (भिडियो)

gajit-with-his-son-and-heroin
८ बर्षका निर्देशक सौगात बिष्टले दर्शकको विश्वास जित्न सार्वजनिक चलचित्र लभ यू बाबाको ट्रेलरमै चलचित्र राम्रो बनेको दाबी गरेका छन् । मंसिर २६ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रलाई ८ बर्षका सौगातले निर्देशन गरेपछि विभिन्न खालका चर्चा बजारमा भैरहेका छन् ।

कसैले ८ बर्षको बालकले कसरी चलचित्र निर्देशन गर्छ भनेका छन् भने कसैले राम्रो काम भनेर बधाई दिइरहेका छन् । चलचित्रको सार्वजनिक नयाँ प्रचार सामाग्रीमा बाबु र छोरीको माया, प्रेम र कमेडी पाटोलाई देखाउन खोजिएको छ । डान्स फेबरको प्रस्तुतीमा तयार भएको यो चलचित्रमा गजित बिष्ट, संगम बिष्ट, निष्मा घिमिरे, अशिष्मा नकर्मी, निर्मल शर्मा लगायतका कलाकारले अभिनय गरेका छन् । आमा नभएकी एक छोरीलाई बाबुले दिने मायामा चलचित्र घुमेको छ ।

यसअघि भारतका ९ बर्षका बालकले चलचित्र निर्देशन गरेर विश्व रेकर्ड बनाएका थिए । अब नेपालका सौगातले उनलाई उछिन्दै नयाँ रेकर्ड बनाउने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment