Comments Add Comment

विराटनगरले काठमाडौंलाई हरायो

२ मंसिर, काठमाडौं । वाईवाई यू-१९ महिला क्रिकेटमा क्षेत्र नं.१ विराटनगले क्षेत्र नं. ३ काठमाडौंलाई ४ विकेटले पराजित गरेको छ ।

पुलचोकस्थित इन्जिनियरिङ कलेजको मैदानमा पहिले ब्याटिङ गरेको काठमाडौं १७.४ ओभरमै ७९ रनमै समेटियो ।

काठमाडौंलाई न्युन स्कोरमा समेट्न विराटनगरकी संगिता राई र नेहा कार्कीले समान ३-३ विकेट लिए ।

८० रनको लक्ष्य विराटनगरले २० ओभरमा ६ विकेट गुमाउदै पूरा गर्‍यो ।

अर्को खेलमा क्षेत्र नं. ४ भैरहवाले क्षेत्र नं. २ वीरगंजलाई ८ विकेटले हराएको छ । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको वीरगंजले २० ओभरमा ८ विकेट गुमाउदै ९० रन बनायो ।

९१ रनको लक्ष्य भैरहवाले नितु भन्डारीको अबिजित ३१ रनको सहयोगमा १८.२ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो ।

त्यस्तै क्षेत्र नं. ६ बैतडीले क्षेत्र नं. ९ कन्चनपुरलाई ८ विकेटले पराजित गर्‍यो । क्षेत्र नं. ७ जनकपुरले क्षेत्र नं. ८ पोखरालाई ५ विकेटले हरायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment