५ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको गोपनियता भंग हुनेगरी नाम समेत उल्लेख गरी नतिजा प्रकाशन गरेको छ ।
स्नातकोत्तर पहिलो सेमेस्टर अन्तर्गत विभिन्न विषयको नतिजा सार्वजनिक गर्दा विद्यार्थीको नाम, रजिष्ट्रेशन नम्बर, सिम्बल नम्बर र प्राप्तांक पनि उल्लेख गरिदिएपछि गोपनियता भंग भएको भन्दै विद्यार्थीहरुले असन्तुष्टि जनाएका छन् ।
यसअघि त्रिविले पास हुनेको सिम्बल नम्बर मात्रै प्रकाशन गर्ने गरेको थियो । तर, यसै बर्षदेखि सुरु भएको सेमेस्टर प्रणालीमा सम्पूर्ण विवरण सहित नतिजा सार्बजनिक भएको छ । यसबाट अनुत्तिर्ण हुने विद्यार्थीहरुले आफूहरुको गोपनियता भंग भएको असन्तुष्टि जनाएका छन् ।
पत्रकारिता केन्द्रीय विभागका एक विद्यार्थीले त्रिविले सार्वजनिक रुपमा सबै विवरण प्रकाशित गरेर आफ्नो गोपनियताको अधिकार नै हनन् गरेको आरोप लगाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4