Comments Add Comment

यल्लो नेपाल एप्स गुगल प्रतिस्पर्धाको फाइनलमा

yellow-nepalकाठमाण्डौ । रेष्टुरेन्टका खाना र मेनुबारे जानकारी दिने नेपाली मोबाइल एप्स ‘यल्लो नेपाल’ गुगल ‘बिजनेस स्टोरिज कम्पिटिसन‘ को फाइनलमा पुगेको छ ।
अनिश श्रेष्ठ र मनिषा कर्माचार्यले ६ महिनाअघि सुरु गरेको यल्लो नेपालले मोबाइल एप्सबाटै नजिकका रेष्टुरेन्ट खोज्न, त्यहाँका मेनु हेर्न, ती रेष्टुरेन्टमा उपलब्ध डिस्काउन्ट पाउन सहयोग गर्छ ।
बिश्वभरका ५० मुलुकका ६ सय बढि प्रतिस्पर्धीलाई पछि पार्दै गुगलको प्रतिस्पर्धामा उत्कृष्ट ९ भित्र परेको छ ।
अब यो प्रतिस्पर्धा जित्न यल्लो नेपालले अनलाइन भोटिङमा सवैभन्दा धेरै लाइक पाउनुपर्ने हुन्छ । यल्लो नेपालको प्रोफाइल भिडियोमा सवैभन्दा धेरै लाइक पाउने तीनवटा कम्पनीलाई गुगलले पुरस्कृत गर्ने छ । हरेकले गुगलबाट ५ हजार डलर पुरस्कार पाउनेछन जसले गर्दा स्थानीय प्रबिधि स्टार्टअपलाई विस्तार गर्न सहयोग पुग्ने छ ।
यल्लो नेपाललाई प्रतिस्पर्धामा जिताउन यो लिष्टमा रहेको यल्लो नेपालको भिडियो क्लिक गरी युट्युवमा जानुपर्ने हुन्छ । यदि तपाई गुगल अकाउन्टमा साइनइन हुनुहुन्छ भने यो भिडियोको तल रहेको लाइक चिन्हमा क्लिक गरी भोट दिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment