Comments Add Comment

अम्बिकालार्इ मलेसियाबाट सहयोग 

Ambika-Thapa-Magar-001१६ मंसिर, काठमाडौ । मानसिक सन्तुलन गुमाएर राजधानीमा उपचार गराइरहेकी गोर्खा वुङ्कोटकी २४ वर्षीया अम्बिका थापा मगरलाई मलेसियाबाट अर्थिक सहयोग प्राप्त भएको छ । अम्बिकालाई मंगलबार मलेसियाबाट तीस हजार एक सय एक रुपैया सहयोग प्राप्त भएको परिवारजनले जनाएका छन् ।

काठमाडौ कलंकी स्थाई घर भै हाल मलेसियाको जोहोर बाहरुमा व्यवसाय गरि बस्ने पुष्मिता ठाडा मगरले सो रकम सहयोग प्रदान गरेकी हुन् ।

सो सहयोग रकम मगर भाषाका आदिकबी जीतबहादुर सिन्जालीमगर, साहित्य प्रतिष्ठानका बर्तमान अध्यक्ष सन्जोग लाफामगर, निबर्तमान अध्यक्ष कुन्ता थापा मगर, बिजयसिंह थापामगर, अम्बिका थापा मगरकी बहिनी रोनिया थापामगर तथा द मगर्स क्रिएसनका आशिर्वाद पुनमगरको रोहबरमा पुष्मिता ठाडा मगरकी बहिनी अमृता थापामगरलार्इ हस्तान्तरण गरिएको हो ।

अम्बिका सम्बन्धि खबर प्रकाशित भएपछि दुई दाजुभाइ विजयसिंह थापामगर र डा. अजयसिंह थापामगरले उद्दार गरि उपचारको निमित्त काठमाडौ ल्याएका हुन । असोज १४ गतेदेखि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको मानसिक वार्डमा उपचार गरिएकी अम्बिकाको ललितपुरको बागडोलस्थित कोशिश मानसिक अस्पतालमा उपचार भै रहेकोछ ।

परिवारको आर्थिक अवस्था ज्यादै कमजोर रहेको हुदा हाल विभिन्न व्यक्ति र संघ सस्थाको सहयोगबाट उपचार भैरहेको र बिरामीको अवस्था अत्यन्तै सुधार हुँदै गएको कुरा बिजयसिंह थापा मगरले बताए । अम्बिकाले २०६५ सालदेखि अस्वभाविक व्यबहार देखाउनु थालेपछि विगत २ वर्षदेखि घरकै कोठामा बन्दी जीवन विताउदै आएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment