१७ मंसिर, काठमाडौं । नबिल बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको ६५ प्रतिशत लाभांश स्वीकृत भएको छ । मंगलबार सम्पन्न बैंकको ३०औं साधारणसभाले ४५ प्रतिशत नगद र २० प्रतिशत बोनस सेयर पारित गरेको हो ।
गत वर्षको नाफाबाट बैंकले सेयरधनीलाई उक्त प्रतिफल दिएको हो । गत वर्ष बैंकले २ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । सभामा बैंकका शेयरधनीहरु अमृतनाथ रेग्मी र मेजर कुवेर श्रेष्ठलाई सम्मान गरियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4