Comments Add Comment

नेपालको दृश्यसहित अक्षयको ‘बेबी’ ट्रेलर सार्वजनिक (भिडियो)

akshya-kumar-in-nepal
केही समयअघि बलिउड नायक अक्षय कुमार नेपाल आउँदा खुबै चर्चा भएको थियो । अक्षय चलचित्र ‘बेबी’को छायांकनका लागि नेपाल आएका थिए ।

सोही चलचित्रको ट्रेलर सार्वजनिक भएको छ । निरज पाण्डेको निर्देशनमा तयार भएको यो चलचित्रमा अक्षय कुमार एक देशभक्ति सिपाहीको भूमिकामा देखिएका छन् ।

नेपालको भक्तपुर, पाटन, हायात होटल र ठमेलमा समेत छायांकन गरिएको यो चलचित्र जनवरी २३ मा प्रदर्शन हुँदैछ । सार्वजनिक ट्रेलरको एक दृश्यमा अक्षयसँगै नेपाली चलचित्रका निर्देशक रामराजा दाहाल पनि देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment