२१ मंसिर, काठमाडौं । सवारी दुर्घटनामा परेर घाइते भएका नेपाली कांग्रेसका सभासद हरि खड्काको निधन भएको ।
बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत खड्काको आइतबार साँझ निधन भएको अस्पताल स्रोतले जनाएको छ ।
बुधबार बाग्लुङमा भएको सवारी दुर्घटनामा परी सभासद खड्का घाइते भएका थिए । ग १ झ २२४ नम्बरको पिकअप जिप भकुण्डे ९ कमिरे भन्ने स्थानमा दुर्घटना हुँदा सभासद खड्कासहित चार जना घाइते भएका थिए ।
बाग्लुङ १ बाट प्रत्यक्ष निर्वाचित सभासद खड्कालाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4