+
+
Shares

अदालतमा कागज कम, प्रविधि धेरै प्रयोग गरौं : प्रधानन्यायाधीश साह

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर २३ गते ९:१५

२३ मंसिर, जनकपुरधाम । प्रधानन्यायाधीश रामकुमारप्रसाद साहले परम्परागत कार्य प्रणालीमा परिवर्तनको खाँचो औंल्याएका छन् । सूचना प्रविधिको अधिकतम प्रयोग गरी छिटो छरितो सेवा प्रवाह गर्नुपर्ने उनको भनाइ छ ।

अदालतको अनलाइन तारिख, म्याद तामेली, एसएमएस सेवासम्बन्धी तालिमको मंगलबार धनुषामा उदघाटन गर्दै उनले अदालती काम कारवाहीसम्बन्धी सूचना दिने लक्ष्यले सूचना प्रविधि सफ्टवेयरको प्रवर्द्धन गरिएको बताए ।

मुद्दासम्बन्धी सम्पूर्ण जानकारी अब मोबाइलबाट पनि प्राप्त गर्न सकिने जानकारी दिँदै उनले कागज कम प्रयोग गर्ने दूरगामी योजना अघि सारिएको बताए ।

प्रधानन्याधीश साहले सूचना प्रविधि सफ्टवेयरको विस्तार जिल्ला र पुनरावेदन अदालतमा गर्ने योजना रहेको पनि सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?