- फाइल फोटो
२३ मंसिर, काठमाडौं । शिक्षा मन्त्रालयले आउँदो शनिबार गर्न लागेको एमबीएसको छात्रवृत्तिसम्बन्धी परीक्षामा प्रश्नपत्रको पुरानै पोको प्रयोगमा आउने संकेत देखिएको छ ।
शनिबार बिहानै प्रश्नपत्र छाप्नुपर्ने भएको र अब ४/५ दिनमात्रै बाँकी रहेकाले नयाँ रोष्टर बनाउन शिक्षा मन्त्राललयलाई समस्या परेको छ । नयाँ प्रश्नावलीका लागि समिति गठन गर्नतिर लाग्दा समय नपुग्ने भएकाले २७ गते तोकिएको परीक्षा अर्को साता सानुपर्ने हुन सक्छ ।
शिक्षा मन्त्रालय छात्रवृत्ति शाखाले एमबीबीएसको प्रश्नपत्र तयार पार्न त्रिवि र काठमाडौं विश्वविद्यालयका प्राध्यापकहरु संलग्न रहेको समिति बनाउने प्रचलन छ । टिचरहरुको सो समितिले चारवटा विषयमा १२/१५ सेटसम्म प्रश्नपत्र तयार पार्छ ।
समितिले तयार पारेका प्रश्नावलीका करिब एक दर्जन सेटबाट सिनियरहरुको तीन सदस्यीय अर्को टोलीले प्रत्येक विषयलाई ‘मोडरेट’ गरेर ५/६ सेत प्रश्न तयार बनाउँछ । त्ययसरी बनाइएको प्रश्नपत्रको सेटमध्ये शिक्षा मन्त्रीले गोला तान्दा जुन सेट आउँछ, त्यसैलाई जनक शिक्षाको छापाखानामा छपाइ गरिन्छ ।
शनिबार बिहान शिक्षामन्त्री चित्रलेखा यादवले यसैगरी गोला तानेर प्रश्नपत्र छानेकी थिइन् । अब मंसिर २७ गते हुने परीक्षामा अघिल्लोपटक गोला तान्दा बाँकी रहेका पुराना पोकाहरुबाटै शिक्षामन्त्रीलाई गोला तान्न लगाउने कि नयाँ प्रश्न छान्न अर्को समिति बनाउने भन्नेबारे शिक्षा मन्त्रालय अलमलमा परेको छ ।
‘हामीले सकभर नयाँ समिति बनाएर प्रश्नावली तयार पार्ने प्रयास गरिरहेका छौं,’ शिक्षा मन्त्रालय छात्रवृत्ति शाखाका सहसचिव डिल्ली रिमालले अनलाइनखबरसँग भने, ‘तर, आज मंगलबार भइसकेकाले नयाँ प्रक्रियामा जान निकै कठिन छ ।’
सचिव भन्छन्- यो विषय गोप्य रहन्छ, अहिल्यै बताइन्न
आउँदो शनिबार हुन लागेको एमबीबीएस छात्रवृत्तिको परीक्षामा नयाँ समितिको प्रश्नपत्र प्रयोग हुन्छ कि पुरानै पोकाबाट गोला लडाइन्छ भन्ने प्रश्नको जवाफमा शिक्षा सचिव विश्वप्रकाश पण्डितले अनलाइनखबरसँग भने-‘यो अत्यन्तै गोप्य हुने भएकाले यसबारे हामी केही बताउँदैनौं, हामी परीक्षा निश्पक्ष गराउने पक्षमा छौं, त्यसैले परीक्षा सकिएपछि थाहा हुन्छ ।’
छिट्टै परीक्षा गर्दा प्रक्रिया मिचिने संकेत
गोल्डेनगेट कलेजमा प्रश्नपत्र बिक्री भएको अख्तियारको छानविनबाट खुलासा भएपछि एमबीबीएसको छात्रवृत्ति परीक्षा शनिबार सम्पन्न भइसकेर पनि रद्द भएको छ । सो परीक्षा मंसिर २७ गते पुन हुन लागेको छ ।
तर, दोहोर्याएर एक सातापछि नै अर्को परीक्षा गर्दा प्रश्नपत्र तयार पार्ने प्रक्रिया मिचिने सम्भावना देखिएको हो । सचिव पण्डितले नयाँ समिति बनाएर प्रक्रिया अनुसार प्रश्नपत्र बनाउने स्पष्ट नबताएका कारण पुरानै पोकाबाट शिक्षा मन्त्रीलाई गोला तान्न लगाएर मंसिर २७ गते बिहान प्रश्नपत्र छपाइ गर्ने संकेत देखिएको हो ।
मंसिर २० गते रद्द भएको परीक्षा एक सातामै गर्ने निर्णय शिक्षा मन्त्रालयले गरेका कारण नयाँ प्रश्नपत्रको सेट तयार पार्न समयको अभाव देखिएको हो । तर, पुरानै समितिले तयार पारेको प्रश्नावलीको सेटमा गोला प्रथा गराउँदा परीक्षा प्रणालीको तोकिएको मापदण्डमाथि प्रश्न उठ्ने सम्भावना देखिएको छ ।
यो पनि पढ्नुस्
यसरी वेचियो एमबीबीएस छात्रवृत्ति परीक्षाको प्रश्नपत्र
एमबीबीएसमा दलालले गर्छन् डेढ अर्बको खेल
एमबीबीएसको प्रश्नपत्र किनबेच गर्ने कुशवाहको घरमा अख्तियारको छापा
एमबीबीएसको प्रश्नपत्र बेचेको पैसा पत्नीको खातामा !
प्रश्नपत्र बिक्रीमा शिक्षा मन्त्रालयको कनेक्सन रहेको ‘दलाल’को दाबी (भिडियोसहित)
प्रतिक्रिया 4