+
+
Shares

सभासद खड्काको सम्झनामा ट्रमा सेन्टर खोल्ने रामचन्द्र पौडेलको घोषणा

२३ मंसिर, बागलुङ । जिप दुर्घटनामा निधन भएका कांग्रेस सभासद हरिबहादुर खड्काको मंगलबार गृहजिल्ला बाग्लुङमा अन्त्येष्टि गरिएको छ । मालढुंगास्थित कालीगण्डकी नदी किनारमा उनको अन्त्येष्टि गरिएको हो । छोराहरु सुदिप र सुमिसले दागवत्ति दिएका थिए । खड्काको सम्मानमा नेपाल प्रहरीले सलामी अर्पण गरेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर २३ गते १२:५३
haribahadaur-khadka-Baglung-FINAL
कांग्रेस सभासद खड्काको पार्थिव शरिरमा दागवत्ती दिँदै छोराहरु सुदिप र सुमिस

सुवास आचार्य
२३ मंसिर, बागलुङ । जिप दुर्घटनामा निधन भएका कांग्रेस सभासद हरिबहादुर खड्काको मंगलबार गृहजिल्ला बाग्लुङमा अन्त्येष्टि गरिएको छ । मालढुंगास्थित कालीगण्डकी नदी किनारमा उनको अन्त्येष्टि गरिएको हो ।

छोराहरु सुदिप र सुमिसले दागवत्ति दिएका थिए । खड्काको सम्मानमा नेपाल प्रहरीले सलामी अर्पण गरेको थियो ।

अन्त्येष्टि अघि धौलागिरी बहुमुखी क्याम्पसमा श्रद्धाञ्जली अर्पण गरिएको थियो । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले खड्काको पार्थिव शरिरमा पार्टीको झन्डा ओढाएका थिए ।

कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरु खड्काको श्रद्धाञ्जली कार्यक्रममा सहभागी थिए । श्रद्धान्जली दिएपछि अन्त्येष्टिका लागि शवयात्रा सहित कालीगण्डकी नदी किनारमा लगिएको थियो ।

LATE-CA-MEMBER-Hari-Khadka-tribute
खड्काप्रति श्रद्धान्जली अर्पण गर्दै कांग्रेस उपसभापति रामचन्द्र पौडेल

खड्काको सम्झनामा ट्रमा सेन्टर

कालीगण्डकी किनारमा गरिएको अन्तिम श्रद्धाञ्जली कार्यक्रममा कांग्रेस उपसभापति पौडेलले स्वर्गीय खड्काको सम्झनामा धौलागिरी अञ्चल अस्पतालमा ट्रमा सेन्टर स्थापना गर्ने आश्वासन दिए ।

खड्काका जेठा छोरा सन्दिपले सँधै समाज सेवामा अग्रसर हुने बाबुले सुरु गरेका कामलाई अघि बढाउने प्रतिवद्धता जनाए  ।

बाग्लुङमा जिप दुर्घटनामा परेर घाइते भएका सभासद खड्काको काठमाडौंस्थित न्यूरो अस्पतालमा उपचारको आइतबार राति निधन भएको थियो । सोमबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा श्रद्धान्जली दिएर उनको पार्थिव शरिरलाई गृहजिल्ला बाग्लुङ लगिएको थियो ।

शोकमा शिक्षण संस्था र बजार पसल बन्द

नेपाली कांग्रेस बाग्लुङका सचिवसमेत रहेका खड्काको निधनले बाग्लुङ शोकमा डुबेको छ ।

खड्काप्रति श्रद्धाञ्जली अर्पण गर्न र शव यात्रामा सहभागी हुन उद्योग वाणिज्य संघले आग्रह गरेपछि बाग्लुङ बजारका सम्पुर्ण पसलहरु बन्द गरिएको थियो ।

यस्तै नेपाल शिक्षक युनियन र शैक्षिक गणतान्त्रिक शिक्षक मञ्चको आहृवानमा बागलुङ क्षेत्र नम्बर १ का सबै शैक्षिक संस्थासमेत बन्द गरिएको थियो ।

उपप्रधानपञ्चदेखि सभासदसम्म

खड्का पञ्चायतकालमा कालिका गाउँ पञ्चायतमा उपप्रधानपञ्च पनि भएका थिए । बागलुङ नगरपालिकामा २०२० साल जेठ १८ गते जन्मिएका उनी २०३६ सालबाट नेपाली कांग्रेसको गाउँ समिति मार्फत राजनीति शुरु गरेका थिए । २०५४ सालमा कांग्रेस बागलुङ नगर समितिको सभापति, क्षेत्रीय सदस्य हुँदै २०५४ सालमा नेपाल तरुण दलको जिल्ला अध्यक्ष भएका थिए ।

२०५८ सालमा तरुण दलको केन्द्रीय सदस्य भएका खड्का २०५२ सालदेखि २०६७ सालसम्म पार्टीको जिल्ला सदस्य भए । उनले २०६७ सालदेखि कांग्रेस जिल्ला सचिव भए । उनी चारपटक पार्टीको महाधिबेशन प्रतिनिधि बनेका थिए ।

जिल्लामा कार्यकर्ता माझ लोकप्रीय र निष्ठावान नेता खड्का दोस्रो संविधान सभा निर्वाचनमा बागलुङ क्षेत्र नं. १ बाट नेपाली काँग्रेसको तर्फबाट प्रत्यक्ष चुनाव जितेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?