Comments Add Comment

१२ औं पर्वतीय फिल्म महोत्सव बिहीवारदेखि

kimffकाठमाडौं । ‘काठमाडौं अन्तराष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) २०१४’ विहीवारदेखि काठमाडौको कुमारी हलमा सुरु हुने भएको छ ।
२५ देखि २९ मंसिरसम्म काठमाडौमा हुने महोत्सबमा महोत्सवमा २० मुुलुकका करीब ७५ फिल्म प्रदर्शन हुनेछन् । फिल्मको यस उत्सवमा डकुमेन्ट्री, कथानक, छोटा, प्रयोगात्मक र एनीमेशन फिल्महरु प्रदर्शनका लागि तयार छन् ।
पत्रकार भोजराज भाटको निर्देशन रहेको ‘सुनकली’ प्रदर्शन गरेर किम्फको १२ औ संस्करण उद्घाटन गरिने भएको छ ।
किम्फले नेपाली समाजमा युवाहरुको भूमिका पहिल्याउने र युवाहरुमा फिल्म निर्माण र फिल्म अभिमूल्यन क्षमता वृद्धि गराउने उद्देश्य राखेको कार्यक्रम अध्यक्ष बसन्त थापाले बताए ।
सोही कारण ‘जेनेरेशन ग्रीन’ शिर्षकमा लघु चलचित्र प्रतियोगिता गर्न लागेको पनि उनले जानकारी दिए । प्रतियोगिताका लागि सहभागी चलचित्रबाट उत्कृष्ट छान्ने काम सुरु भईसकेको छ ।
किम्फमा यस पटक बेलायती फोटोग्राफर हेनरी आइडन, अमेरिकी पर्वतारोही एवं फिल्म निर्माता डेभिड बे्रशिएर्स र इटालियन फिल्म निर्माता पाओला नेस्सी निर्णायक रहेका छन् ।
तीन उत्कृष्ट फिल्मले क्रमश १५ सय, १ हजार र ५ सय अमेरिकी डलर पुरस्कार पाउनेछन् ।
नेपाली पानोरामामा डकुमेन्ट्री र कथानक गरी दुई उत्कृष्ट फिल्मले जनही ३० हजार रुपैयाँ पुरस्कार पाउने अध्यक्ष थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment