+
+

‘सभासदज्यू नमस्कार’ भन्दै ‘एसएमएस आतंक’

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर २६ गते १४:४५

२६ मंसिर, काठमाडौं । ‘सभासदज्यू , नमस्कार ! तपाईं संविधान निर्माणको काममा लागिरहनुभएको छ ? माघ ८ मा नयाँ संविधान आउँछ त ?

यो प्रश्नसहित संविधानसभा सदस्यहरुको मोबाइलमा शुक्रबार बिहानदेखि दुई पटक एसएमएस झरिसक्यो । ‘अचानक यस्तो प्रश्न आउदा शुरुमा त कस्को हो भनेर झसँगै भइयो’ एमाले सभासद यज्ञराज सुनुवारले भने ।

Mobile-Massageसन्देश पठाउनेको नम्बर कसकाे हाे भन्ने स्पष्ट नभए पनि एसएमसको तल लेखिएको थियो- अनेरास्ववियु केन्द्रीय कमिटी । सुनुवार आफैं पनि कुनै बेला अनेरास्ववियूको सचिव थिए ।

एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले संविधान निर्माणमा दबाव सिर्जना गर्न सभासदहरुलाई शुक्रबारदेखि ‘एसएमएस आतंक’ मच्चाएको छ ।

संविधान ल्याउन फेरि पनि दलका नेता र सभासदहरु उदासीन हुन थालेपछि दबाव आन्दोलनका क्रममा तीन प्रश्नसहितको एसएमएस पठाउन थालिएको अखिलका प्रचार विभाग प्रमुख अशेष घिमिरेले बताए ।
उनका अनुसार यो अभियान शुक्रबारदेखि तीन दिनसम्म जारी रहनेछ । ‘दिनमा ३ पटकसम्म प्रत्येक सभासदलाई एसएमएस पठाएर स्मरण गराउनेछौं’ उनले भने ।

संगठनको नाममा पठाएको सन्देश नेपाल टेलिकमको सिस्टमबाट ग्रुप एसएमएस पठाइएको महासचिव नविना लामाले बताइन् ।

संविधानसभाका सबै सभासदको नम्बर संकलन गरेर एकैचोटि सन्देश पठाइएको र बिहान,दिउँसो बेलुका तीनपटक पठाएर सम्झाउने उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?