Comments Add Comment

कर नतिर्ने डाक्टर, वकिल र इञ्जिनियरलाई कडाइ

२७ मंसिर, काठमाडौ । सरकारले पटक-पटक आग्रह गर्दा पनि डाक्टर, वकिल र इञ्जिनियरजस्ता वौद्धिक क्षेत्रका पेशा व्यवसायीहरु अझै करको दायरामा आएका छैनन् ।

चिकित्सक, इन्जिनियर, कलाकार, कानून ब्यवसायीजस्ता सार्वजनिक पद धारण गरेका व्यक्तिहरु नै करको दायरामा नआएपछि सरकारले आकर्षक प्याकेजसहित कर बुझाउन आग्रह गरेको छ ।

आन्तरिक राजश्व विभागले सार्वजनिक सूचना नै जारी गरी शुल्क तथा ब्याज मिनाहाको लोभ देखाएर उनीहरुलाई करको दायरामा ल्याउन चाहेको हो ।

ठूलो रकम आम्दानी गर्ने केही पेशा ब्यवसायीहरुले आर्थिक वर्ष ०६७ देखि कर नतिरेको भन्दै विभागले कर नतिरेकाहरुलाई पनि शुल्क र ब्याज मिनाहा दिने गरी करप्रति आकषिर्त गर्न खोजेको छ ।

कर लाग्ने आय आर्जन गरी चार वर्षसम्म पनि कर दाखिला नगरेका सार्वजनिक पद धारणा गरेका ब्यक्तिहरुलाई आन्तरिक राजश्व विभागले शुल्क तथा ब्याज मिनाहा गरिदिने जनाएको छ ।

दाखिला नगरेको कर आगामी पौष मसान्तसम्म दाखिला गरी स्थायी लेखा नम्बर लिएमा अघिल्ला वर्षहरुको आय विवरण समेत पेश गर्नुनपर्ने तथा त्यसमा लाग्ने कर, शुल्क तथा ब्याज मिनाहा हुने विभागले जनाएको छ ।

करको दायरामा ल्याउनका लागि सुविधा उपयोग गर्न भन्दै राजस्व विभागले हरेक वर्ष छुट दिने व्यवस्था मिलाउँदै आएको भए पनि उच्चपदस्थ व्यक्तिहरु करको दायरमा आउन चाहेका छैनन् ।

आन्तरिक राजश्व विभागका अनुसार चिकित्सक, कलाकार, इञ्जिनियर, कानून ब्यवसायी, लेखा परीक्षक, ब्यापारी, उद्योगी, लगानीकर्ता, परामर्श सेवा प्रदायक, कमिशन एजेन्ट तथा सार्वजनिक पद धारण गरेका व्यक्तिहरु नै करको दायरामा आएका छैनन् ।

पटक-पटक आग्रह गर्दा पनि करको दायरामा नआएपछि विभागले सूचना जारी गरी करको दायरमा नआएमा कडा कदम चाल्ने चेतावनीसमेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment