Comments Add Comment

नेपालमा आइफोनको आधिकारिक बिक्री सुरु

iphone_6संसारकै लोकप्रिय मोबाइल आइफोन अब नेपालमा आधिकारिक रुपमा बिक्री सुरु हुने भएको छ ।
एप्पलले जेनेरेसन नेक्स्ट कम्युनिकेशनलाई आइफोनका लागि आधिकारिक बितरक नियुक्त गरेसँगै नेपालमा आइफोन औपचारिकरुपमा प्रवेश गरेको हो ।

यसअघि एप्पलले कम्प्युटर, ल्यापटप तथा आइपड बिक्रिका लागि अन्य तीन कम्पनीलाई खुद्रा बिक्रेता नियुक्त गरेको भए पनि उनीहरुलाई आइफोन बेच्ने अधिकार थिएन । बजारमा अाइफोन किन्न पाइए पनि ती अबैधानिकरूपमा बिदेशबाट भित्राइएका थिए । जसलार्इ किन्दा ग्राहकले वारेन्टी र बिक्रिपछिको सेवा पाउन सक्दैनथे ।
‘हामी अर्को साता नै आइफोन ६ नेपालमा लन्च गर्ने तयारी गर्दै छौं’ जेनरेशन नेक्स्टका प्रबन्ध निर्देशक पवन भिमसरियाले अनलाइनखबरसँग भने-‘योसँगै आइफोन ५ लागयतका पुराना मोडल पनि किन्न पाइने छ ।’
उनका अनुसार अबैधानिकरुपमा भित्राएर बिक्रि बितरण गरिएका आइफोनभन्दा सस्तो मूल्यमा आधिकारिक रुपमा आइफोन उपलब्ध हुने छ । आधिकारिक रुपमा बेचिने आइफोनमा वारेन्टी र भ्याट बिलसमेत हुने हुँदा बिक्रिपछिको सेवा र ममर्तमा समेत आइफोन प्रयोगकर्तालाई सजिलो हुने छ ।
iphone_6-1एप्पलले एनसेलसँगको सहकार्यमा बन्ललिङ सर्भिस पनि सुरु गर्दै छ । जसका लागि एनसेलले बेग्लै मूल्यसूची सार्वजनिक गरिसकेको छ ।
‘तीनवटा सोरुमसहित देशभर २४ वटा बिक्रि केन्द्र स्थापना गरेका छौं’ भिमसरियाले भने-‘१८ वटा एनसेल सेन्टरबाट बण्डलिङ सेवा लिन सकिने छ ।’
देशका मुख्य शहरहरुमा बिक्रि केन्द्र स्थापनाका लागि एप्पलसँग कुरा भइरहेका र निकट भबिष्यमै थप ७-८ वटा बिक्रि केन्द्र खोल्ने योजना रहेको उनले जानकारी दिए ।
नेपालमा एप्पलको आधिकारिक बितरक नियुक्त भएसँगै एप्पलका ल्यापटप, कम्प्युटर र आइप्याड लगायतका उत्पादनका ग्राहकलाई पनि सजिलो हुने छ ।
जेनेरेसन नेक्स्टले नेपालमा नोकिया, डेल, सोनी इरिक्सन लगायतका प्रबिधि ब्राण्डको आधिकारिक प्रतिनिधि भएर काम गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment