निर्माण भएको केही बर्षपछि चलचित्र ‘मिसन पैसा रिलोडेड’को प्रदर्शन मिति तय भएको छ । अब, यो चलचित्र फाल्गुण १५ गते प्रदर्शनमा आउने भएको छ ।
आज काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्रको ट्रेलर र प्रदर्शन मिति सार्वजनिक गरिएको हो । एक्सन तथा कमेडी बिषयमा बनेको यो चलचित्रमा निशा अधिकारी, आमिर गौतम, रेश महरठ्ठा, हर्षिका श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । चलचित्रमा हरी हुमागाँइको छायांकन, दिर्घ खड्काको सम्पादन, राजकुमार उप्रेतीको एक्सन, स्वर्गिय पाण्डव सुनुवारको संगीत छ ।
प्रिन्सेस मुभिजको व्यानरमा बनेको यो चलचित्रमा माधव वाग्ले र नरेन्द्र महर्जनको लगानी छ । कार्यक्रममा बोल्दै निर्माताद्धय माधव वाग्ले र नरेन्द्र महर्जनले चलचित्र प्रदर्शनमा केही ढिलाई भएपनि राम्रो चलचित्र हलसम्म ल्याउन लागेको बताए ।
नायक रेश महरठ्ठाले राम्रो बिषयमा चलचित्र बनाउन केही समय लाग्ने खुलाए । यो चलचित्रमा नायिका निशा अधिकारी र नायकद्धय रेश र आमिरले एक्सन अवतारमा आफूलाई उभ्याएका छन् ।
प्रतिक्रिया 4