Comments Add Comment

शाहरुखसँग फिल्म खेलेपछि सलमानले बिहे गर्ने !

salman-khan-being-human
मुम्बई । अभिनेता सलमान खानले सन् २०१५ को समापनसँगै आफु बिबाह बन्धनमा बाँधिनसक्ने बताएका छन् ।
बिबाहअघि नै शाहरुख खान र अमिर खानसँग एउटै पर्दामा देखिने उनको धोको छ ।
मुम्बईमा आयोजित एक कार्यक्रममा संवाददाताहरुसँग कुरा गर्दै सलमानले भने ‘सलमान, शाहरुख र अमिर एउटै फिल्ममा देखिने सम्भावना नजिकै छ ।’
सन २०१५ मा तीनखान एउटै फिल्ममा देखिने सम्भावना रहेको बताउँदै सलमानले तीन खानलाई एउटै फिल्ममा देखाउन आफुले पहल समेत गर्ने बताए ।
त्यसो त शाहरुख र अमिरले पनि राम्रो कथा भेटेमा तीन खान एउटै सिनेमामा देखिने सम्भावना रहेको बताउँदै आएका छन् ।
‘तीन खानले फिल्म खेलेपछि म बिबाहमा ब्यस्त हुनेछु’ एक अवार्ड कार्यक्रममा सहभागी भएका सलमानले भने । यसअघि उनले बिबाहबारे सम्बाददाताको प्रश्नलाई छल्ने गरेका थिए । तर, यसपटक भने आफैंले बिबाहमा ब्यस्त हुने बताएर अचम्ममा पारेका छन् ।

Sarukh-and-salman

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment