Comments Add Comment

पीके समिक्षाः औसत कथा, अब्बल प्रस्तुती

pk-review
कलाकार : अमिर खान, अनुष्का शर्मा, संजय दत्त, बोमन हिरानी आदी ।
निर्देशक : राजकुमार हिरानी
कथावस्तु
एक एलियन (अमिर खान) धर्तीमा आउँछन् । उनको नाम र पहिचान केही पनि हुँदैन । उनलाई मानिसहरु ‘पीके-पीके’ भन्न थाल्छन् । उसलाई धर्तीको गोला भन्न थालिन्छ जसले हरेक कुरामा मानिसलाई तर्कका माध्यमबाट कस्न थाल्छ । उसको भेट जग्गु(अनुष्का शर्मा)सँग हुन्छ । उ जग्गुलाई आफ्नो कहानी सुनाउँछ । धर्तीमा आउन साथ एलियनको एक लकेट चोरले चोरिदिन्छ । जुन लकेटको माध्यमबाट उसले आफ्नो ग्रहसँग सम्पर्क गर्न सक्छ । तर, लकेट चोरिएपछि सम्पर्कबिहीन भएको एलियन यसकै खोजीमा लाग्छ ।
सुरुवातमा जग्गुले उसको कुरा पत्ताउँदिन । तर, उसका तर्क र विभिन्न खालका कुराले जग्गु पनि एलियनको कुरा पत्याउन थाल्छे । उ एलियनलाई उसको लकेट फिर्ता दिने कुरामा साथ दिन्छे । अनुष्का आफ्नो टीभीको सहयोगमा एलियनको तार्किक तर्क जनतामा राख्न सफल हुन्छे । एलियनका कुरालाई धर्म गुरुहरु विरोध गर्न थाल्छन् । तर, एलियन आफ्नो कडा तार्किक क्षमताका कारण सफल हुन्छ । पृथ्वीमा नयाँ सन्देश र प्रेम दिएर पीके अर्थात एलियन आफ्नै ग्रहमा र्फकन्छ ।
कथावस्तुका हिसाबले अमिर खानको पीके औसत लाग्छ तर औसत कथाबस्तुलाई उनले अब्बल तरिकाले प्रस्तुत गरेका छन् । राजकुमार हिरानीले यसअघि बनाएको ‘थ्री इडियट्स’को क्रेजलाई मर्न दिएका छैनन् । विभिन्न खालका मसला, मनोरञ्जन र तर्कका कारण चलचित्रले दर्शकलाई कुनै पनि समय सिटबाट हलचल हुन दिदैन । यो चलचित्रले पाखण्डी बाबाहरुको धज्जी उडाएको छ ।

तर, मानिसलाई बनाउने भगवान सबैका हुन्, भगवानलाई बनाउने मानिसका कारण भक्तजनमा भ्रम परेको तर्क यो चलचित्रले गरेको छ । मानिसमा धर्मको नाममा डर उत्पन्न गराएर व्यापार गरिएको पीकेको तर्क छ ।
कलाकार
अमिर खानले यो चलचित्रबाट पुष्टी गरेका छन् कि उनी राजकुमार हिरानीको साथमा आउँदा एउटा धमाका नै लिएर आउँछन् । यो चलचित्र हेरेर हरेक वर्गका मानिस सन्तुष्ट हुन्छन् । चलचित्रमा अमिर खानले उत्कृष्ट अभिनय गरेका छन् ।

अमिर खानले यो चलचित्रमा भोजपुरी भाषा बोलेका छन् भने दुनियाँलाई जान्ने कोशिश पनि गरेका छन् । यस्तै, अमिरलाई अर्की कलाकार अनुष्का शर्माले खुलेरै साथ दिएकी छिन् । अनुष्का र अमिरको वरिपरी घुमेको यो चलचित्रले दर्शकको मनमा बास गरेको छ । ओठको सर्जरीको कारण अनुष्काको क्लोज सर्ट नायिकाको जस्तो देखिएको छैन । तर, उनले आफ्नो भूमिकालाई कुनै पनि कोणबाट मर्न दिएकी छैनन् । अनुष्काको प्रेमी बनेका सुशान्त सिंह राजपुत छोटो भूमिकामा पनि दर्शकको नजरमा बस्न सफल छन् ।
दर्शकलाई ‘पीके’ यसअघि हेरेको ‘ओ माइ गड’ जस्तो पनि लाग्न सक्छ । तर, बिषयवस्तु मिलेपनि प्रस्तुती भने दुई चलचित्रको बिल्कुल फरक छ । चलचित्रमा प्रयोग गरिएका संवाद र दृश्य अब्बल छन् । चलचित्रको पात्रको परिचय र उसलाई स्थापित गर्न निर्देशक राजकुमार हिरानी सफल छन् ।
पहिलो भागमा चलचित्रले दर्शकलाई मनोरञ्जनको साथमा सन्देश पनि दिएको छ ।

तर, दोश्रो भागमा निर्देशकलाई कथाको अभाव देखिन्छ । तर, पनि उनले इमोशनलाई जोडेर दर्शकलाई बिच्काएका छैनन् । चलचित्रमा समावेश ‘रंग नम्बर’ भन्ने शब्द दर्शकको मनमा बस्छ । यसअघि ‘थि्र इडियट्स’मा ‘अल इज वेल’ संवाद राखेर हिरानीले लामो समयसम्म यसबाट चर्चा पाएका थिए । अहिले उनले ‘रंग नम्बर’ संवादबाट दर्शकलाई नयाँ स्वाद दिएका छन् ।
-आजतकको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment