Comments Add Comment

सन्की कलाकारः जो आफ्नैलाई थप्पड हानेर चर्चामा आए

ठूला सेलिब्रेटीहरु रिल लाइफमा जस्ता देखिन्छन् उनिहरुको आचरण पनि त्यस्तै होला भनेर अनुमान गर्नु गलत हुनसक्छ ।
बलिउडदेखि हलिउडसम्मका धेरै कलाकारले रिसको झोंकमा जे गर्छन त्यसले उनीहरुको ब्यक्तित्व र उचाई तासको घरझैं ढालिदिने गरेको छ ।
अक्सर यस्ता कलाकारहरु आफ्नो छेउछाउमा भएकालाइ थप्पड मारेर आवेग शान्त पार्ने गरेका छन् । कुन कलाकारले कसलाइ कुन अवस्थामा आक्रमण गरेका थिए भन्नेमा ‘टाइम्स अफ इण्डिया’ ले एउटा श्रृङ्खला तयार पारेको छ ।Salman Khan

सलमानले फोटोग्राफर पिटे
अभिनेता सलमान खान सन्की कलाकारका रुपमा चिनिन्छन् बलिउडमा । सहकर्मी कलाकारदेखि फोटोग्राफरसम्मलाई दुब्र्यबहार गरेका छन् उनले पटक-पटक । शाहरुखसँगको घम्साघम्सी पनि लामोसमय मिडियामा चर्चाको बिषय बन्यो ।
जथाभावी गाडी चलाएको र हरिण मारेको अभियोगमा त उनी बिरुद्ध अदालतमा उजुरी नै परेको थियो ।

शाहरुखलाई कुन्द्राको थप्पड
सञ्जयदत्त अभिनित फिल्म ‘अग्नीपथ’को सक्सेस पार्टी आधा नहुँदै खल्लो भएको थियो । कारण शिरिश कुन्द्राले पुरानो कुुरा गर्दै पाहुना बनेर आएका शाहरुख खानसँग झगडा गरे ।
झगडाकै क्रममा कुन्दरले शाहरुखलाई एक थप्पड हानेपछि शाहरुख पार्टी छाडेर हिंडेका थिए ।

ब्रिटनीको अभद्र ब्यबहार
फोटोको लागि फलो गरेको भन्दै प्रसिद्ध पप गायिका बि्रटनी स्पेयर्सले पापाराजीमाथी दुब्र्यबहार गरेकी थिइन् ।
सन् २००७ मा भएको यो घटनामा उनका तत्कालिन श्रीमान केबिन फेडरलीनले पनि सहयोगीको भुमिका निर्वाह गरेका थिए । मदिरा र बिबाहको कारण पनि उनी पटक-पटक बिबादमा आएकी थिइन् ।

सेफअलि र जोनले पनि मुक्का हाने
मुम्बइमा रहेको एउटा रेष्टुरेन्टका कामदारलाई नाकमा मुक्का हानेको अभियोगमा अभिनेता सेफअलि खान बिरुद्ध प्रहरीमा उजुरी परेको थियो ।
घटना पुरानो भैसक्यो । अभिनेता जोन अब्राहमलाई निकै मन पराउँथिन् एउटी युवतिले । एकदिन जोन हिंड्दै गरेको बेलामा युवतिले हात समाउन आएपछि जोनले पनि थप्पड मारेका थिए ।

saif-karina

छुन खोजेको भन्दै थप्पड
अभिनेत्री जेनिलिया डिसुजाले सार्वजनिक कार्यक्रममा आफुलाई छुने प्रयास गरेको भन्दै एक प्रसंसकलाई थप्पड मारेकी थिइन् । सन् २०१० मा भएको यो घटनापछि उनी मिडियामा छाइन ।

श्रीमति कुटे ओम पुरीले
पर्दामा भिलेनको अभिनय गर्ने ओम पुरी निजी जीवनमा पनि भिलेन बनेको उनकी श्रीमतीको उजुरीपछि मात्र सार्वजनिक भयो । श्रीमान्ले लठ्ठीले कुटेको भन्दै श्रीमतीले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले दुवै पक्षलाई आइन्दा झगडा नगर्ने भन्दै मिलाएर पठाएको थियो ।

कंगना र एकताले कुटे
अभिनेत्री कंगना रानावतका चालकले आफुलाई कंगनाले शारिरिक एवं मौखिक दुब्र्यबहार गरेको आरोप लगाएका थिए । कामदार कुट्ने मामिलामा निर्मात्री एकता कपुर पनि पछि परिनन् । आफ्नै कम्पनीका कामदारले अन्यया भएको भन्दै गुहार मागेपछि यो काण्ड सार्वजनिक भएको थियो ।

kangana-ranaut-sexy

गोबिन्दाको गालामा नर्तकीकको थप्पड
सुटिङमा समेत जिस्किरहने नेपाली ज्वाईँ गोबिन्दाले ‘मनी है तो हनी है’ फिल्मको सुटिङमा एउटा नर्तकीको थप्पड खाएका थिए । थप्पडै हान्नुपर्ने गरी ती नर्तकीसँग गोविन्दाले के गरे भन्ने अहिलेसम्म खुलेको छैन् ।

अमिषाले ड्राइभर कुटिन
आफ्नो भन्दा दोब्बर उमेरका चालकलाई अमिषा पट्टेलले रिसको झोंकमा कुटेकी थिइन् । सन् २०१२ मा यो घटना भएको थियो । खवर मिडियामा सार्वजनिक भएपछि उनले माफी मागेकी थिइन् ।

लिण्ड्सेः बद्मासीका इतिहास
भनिन्छ, हलिउड अभिनेत्रीले लिण्ड्से लोहानले बद्मासीमा इतिहासै रचेकी छिन् । सन् २००७ मा नशालु पदार्थ कोकिन राखेको अभियागमा प्रहरीले पक्राउ गरेको थियो भने मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएको अभियोगमा पनि पक्राउ परेकी छिन् उनी ।

छिमेकी कुटे पञ्चोलीले
एक महिला पत्रकारसँग झगडा गरेको अभियोगमा आदित्य पञ्चोलीले पनि प्रहरीमा गएर प्रष्टीकरण दिनु परेको थियो । उनलाइ एक छिमेकीलाई कुटेको पनि आरोप लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment