Comments Add Comment

सेलिब्रेटी जसले यो बर्ष ब्रेकअप भोगे

pooja and bipasa
मुम्बई । सम्बन्ध जोड्न र टुटाउन सबै भन्दा माहिर छन् कलाकार । भेट भएको केही मिनेटमा सम्बन्ध जोडन सफल कतिपय कलाकारले अढाइ दशकको सहयात्रा समेत भंग गरेका छन् ।
आगामी दिन डेटिङ नजाने बाचा गरेका फ्रिण्डा पिन्टो र देब पट्टेल देखि २५ वर्षपछि बैबाहिक सम्बन्ध भंग गर्ने निर्देशक प्रिय दर्शन समेत यो वर्ष सम्बन्ध टुटाउनको सूचीमा परेका रहेछन् ।
यो वर्ष कसले कसरि सम्बन्ध टुटाए भन्नेमा ‘इण्डिया टुडे’ ले एउटा सूची नै तयार पारेको छ । हेरौं को-को रहेछन् त्यसरि सम्बन्ध तोड्नेहरुः
देब र फ्रिडाले रोमान्स नगर्ने
ओस्कार अवार्ड प्राप्त फिल्म ‘स्लमडग मिलेनियर’ मा काम गरेपछि फ्रिण्डा पिण्टो र देब पट्टेलको निकै तारिफ भयो । सुटिङ स्पटमा उनीहरुको पहिलो भेट भएको थियो भने त्यही भेट दोस्ती र मस्तीमा परिणत भएको थियो ।
६ वर्षसम्म रोमान्समा रमेको यो जोडी यसैपालि छुटि्टयो । अभिनेत्री पिण्टोले एक्लै जन्मदिन मनाएको तस्बिर सार्वजनिक भएपछि उनीहरुको सम्बन्ध बिच्छेद भएको पुष्टि भएको थियो ।
११ बर्षपछि पूजाको सम्बन्धबिच्छेद
११ वर्षअघि बैबाहिक जीवनमा प्रवेश गरेका अभिनेत्री पूजा भट्ट र मनीष मखीजाले पनि यसैपालि छुटि्टने निर्णय गरे ।
सम्बन्ध बिच्छेद गरेपछि आगामी दिनमा दोस्ती कायम राख्ने पूजाको भनाइ छ । सम्बन्ध बिच्छेद भएको कुरो पूजाले ट्वीट मार्फत सार्वजनिक गरेकी थिइन् । छुटि्टए पनि बोलचाल बन्द नहुने पूजाले दाबी गर्दै आएकी छिन् ।
रिल लाइफ जस्तै रियल पनि
टेलिभिजनमा राम्रै प्रभाव पारेका थिए करन सिंह ग्रोवर र जेनिफर विंगेटले । सिरियलमा काम गर्दा रिल लाइफमा प्रेमी प्रेमिका बनेर देखिएका करन र जेनिफरले दुई वर्ष अघि मात्रै रियल लाइफमा पनि प्रेमी प्रेमीका बनेको घोषणा गरेका थिए ।
धुमधामले बिबाह गरेका करन र जेनिफर पनि अहिले छुटि्टइ सकेका छन् । करणले पनि आफु छुटि्टएको खबर ट्वीट मार्फत सार्वजनिक गरेका थिए ।
गाढा नहुँदै टुंगियो
रियालिटी शो ‘बिग बोस’ मा सहभागी गौहर खान र कुशाल टण्टनको रोमान्सको खबरले पनि निकै चर्चा पाएको थियो । तर, उनीहरुको सम्बन्ध पनि गाढा हुन नपाउँदै टुंगिएको थियो ।

arman-tanisha
दिदी जस्तै हुन सकिनन् तनिषा
काजोलको बहिनी भएकै कारण चर्चामा आएकी थिइन् तनिषा । केही फिल्ममा अभिनय गरेकी तनिषाले खासै जस पाउन सकिनन् तर, बिग बोसमा सहभागी भएपछि चर्चामा आइन् ।
अरमान कोहलीसँग बिबाह गरेकी तनिषाले आफुहरु पनि दिदी भिनाजु (काजोल र अजय देबगण)को जस्तै घनिष्ट बनाउने योजनामा थिइन् । तर, ट्वीटरमा उनीहरुको पनि ब्रेकअप भएको खबर आयो ।
हरमन पनि मन परेन विपाशालाई
जोन अब्राहमसँग सम्बद्ध बिच्छेद गरेपछि विपाशा बसु र हरमन वावेजा विच सम्बन्ध स्थापित भएको खबरले विपाशाका प्रसंसक समेत खुसी भएका थिए । दुवै पक्षका परिवारको उपस्थीतिमा इंगेजमेन्ट गरेको र यसै बर्ष बिबाह गर्ने योजना बनाएको खवरसमेत सार्वजनिक भए जसमा उनीहरुको मौन स्वीकृति देखिन्थ्यो । तर, यसै वर्ष उनीहरुको पनि सम्बन्ध बिच्छेद भएको खबर सार्वजनिक भएको छ ।
नेहाले छाडेपछि भारत छाडे जेम्सले
मोडलिङवाट फिल्ममा प्रवेश गरेकी नेहा धुपियाले ग्ल्यामरस भुमिकाकै कारण आफ्नो पृथक छबी कायम गरिन् । चलचित्रमा उनको ग्ल्यामरस रुप हेर्नेहरु मध्ये एकजना भेनेजुएली नागरिक वास्तवमै लक्कि सावित भए ।
कारण उनी नेहालाई मन पराउँथे भने नेहाले पनि उनको प्रेमलाई स्वीकारिन् । भेनेजुएलावाट भारत आएका जेम्स सिल्वेस्टरसँग तीन वर्ष अघि बिबाह गरेकी थिइन् नेहाले । उनीहरुको सम्बन्ध पनि तीन वर्षमै पूर्ण बिराम लाग्यो । नेहासँग छुटि्टएका जेम्स अहिले भारत छाडेर अमेरिका गइसकेका छन् ।
२४ वर्ष पछि छुटि्टए निर्देशक
२५ औं बिबाहउत्सव मनाउनु ठिक एक बर्षअघि फिल्म निर्देशक पि्रय दर्शनको जीवनमा पनि प्रेम बियोग आइलाग्यो । पि्रयदर्शन र उनकी पत्नी लिसेले बिबाह गरेको २४ वर्षपछि यसै बर्ष सम्बन्ध बिच्छेद गरेका छन् । तर, के कारणले सम्बन्ध बिच्छेद गर्नु परेको हो खुलाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment