Comments Add Comment

श्रीलंकामा भोट माग्दै सलमान र ज्याकलिन

salman_n_rajpakshe_3_624x351_afp
श्रीलंकामा अहिले राष्ट्रपति चुनावको प्रचार-प्रसार सुरु भएको छ । श्रीलंकाली राष्ट्रपति महिन्दा राजपाक्षेको चुनावी अभियानलाई सघाउन बलिउड अभिनेता सलमान खान कोलम्बो पुगेका छन् ।
कोलाम्बो पुग्ने बित्तिकै सलमान राजपाक्षेको समर्थनमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा सहभागी भए ।
चुनावी प्रचारमा सलमानलाई साथ दिएकी छिन् बलिउड अभिनेत्री ज्याकलिन फर्नाडिजले । पूर्व मिस श्रीलंकासमेत रहेकी ज्याकलिन श्रीलंकामा जन्मेकी बलिउड अभिनेत्री हुन् ।
केही श्रीलंकाली मिडियाले उल्लेख गरे अनुसार ज्याकलिनको दोस्ती राजपाक्षेका छोरा एवं श्रीलंकाली सांसद नामाल रापाक्षेसंग सुमधुर छ ।
त्यही सम्बन्धको कारण ज्याकलिन सलमानलाई लिएर श्रीलंका पुगेकी हुन् ।

salman_n_rajpakshe_2_624x351_afp
गएको आइतवार मात्रै प्रमुख मुस्लिम सहयोगी दलले राजपाक्षेको दलसँग सम्बन्ध बिच्छेद गरेर प्रमुख विपक्षी दल मैत्रीपाला श्रीसेनाको समर्थन गरेपछि राजपाक्षे संकटमा छन् । उनी तेस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचनमा उम्मेदवार बनेका छन् ।
श्रीलंकाभित्रका मुस्लिम मतदातालाई राजापाक्षेको पक्षमा पार्न सलमानको सहयोग लिन खोजिएको बताइएको छ ।
कुनै बिदेशी राष्ट्र प्रमुखको चुनाव प्रचारमा बलिउड अभिनेता सहभागी भएको यो पहिलो घटना हो ।
-एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment