Comments Add Comment

सुनिल को ‘फिल्म फेयर अवार्ड’मा संभावना

sunil-thapa  1
नेपाली चलचित्र क्षेत्रमा ‘राते काँइला’ नामले परिचित सुनिल थापा यतिबेला बलिउडमा चम्कने तयारीमा छन् । उनले अभिनय गरेको चलचित्र ‘मेरी कोम’ले पनि सर्वाधिक चर्चा पाएको छ ।
सुनिलले यही चलचित्रबाट भारतकै चर्चित ‘फिल्म फेयर अवार्ड’को ढोका ढकढकाएका छन् । सुनिललाई अनलाइन भोटिङ मार्फत -‘बेष्ट एक्टर सपोटिङ रोल-पुरुष) तर्फको विधाको नोमिनेशनमा आफूलाई अगाडि लैजान आग्रह पनि गरेका छन् । यो विधामा सर्वाधिक मत पाएको खण्डमा सुनिल नोमिनेशनमा पर्न सक्नेछन् । नोमिनेशनमा परेको खण्डमा सुनिलको चर्चित अवार्ड जित्ने संभावना धेरै हुनेछ ।
बलिउडवाटै अभिनय यात्रा आरम्भ गरेका थापा तुलसी घिमिरे निर्देशित ‘चिनो’ रिलिजपछि खलनायकका रुपमा स्थापित भएका थिए ।
एक सयको हाराहारीमा नेपाली चलचित्रमा अभिनय गरेका थापाले ‘बुहारी’ नामक फिल्ममा लगानी समेत गरेका थिए ।
अहिले मुम्बइ बस्दै आएका थापा केही दक्षिण भारतीय फिल्ममा पनि काम गर्ने योजनामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment