Comments Add Comment

भुवन केसी र जीया लिभिङ टुगेदरमा !

bhuwan-and-jiya-kc
नायक भुवन केसी र नायिका जीया केसीको प्रेम चर्चा केवल मिडिया स्टन्ट र गसिपको बिषय रहेन् । कुनैबेला जियाले आफु ‘भुवनसँग बिबाह गर्न तयार रहेको’ बताउँदा त्यसलाई मजाकका रुपमा लिइएको थियो । भुवनले पनि ‘जिया मेरो फ्यान भएकाले मन पराउँछु भनिन् होला’ भन्दै टारिदिए ।

जीया र भुवनलाई थुप्रै पटक एकसाथ सार्वजनिक कार्यक्रममा देखिए पनि प्रेम सम्बन्धबारे स्वीकार गरेका छैनन् । छोरा अनमोल अभिनित फिल्म ‘जेरी’ हेर्न आउँदा पनि जिया भुवनकै पत्नीझैं साथमा थिइन् ।

जीयाले भने भुवनलाई एक्लो देख्न नसकेर माया गरेको र बिहे गर्न पनि तयार रहेको बताउँदै आएकी छिन् । तर, भित्रभित्रै उनीहरुवीचको प्रेम यति गहिरो बन्दै गइरहेको छ कि जियाले भुवनकै घरमा अड्डा जमाउन थालेकी छिन् ।

तर, बिश्वस्त सूत्रहरुका अनुसार भूवन केसी र जीया केसी लामो समयदेखि ‘लिभिङ टूगेदर’मा छन् । भुवनको घरमा जीया केसीलाई धेरै पटक देखेको केही चलचित्रकर्मी बताउँछन् ।

भुवनसँग निकट भएपछि जीया अहिले चलचित्र क्षेत्रमा सक्रिय छैनन् । तर, एक्ला भूवन केसीलाई जीयाले उनकै घरमा बसेर साथ दिइरहेकी  छिन् ।

लिभिङ टुगेदरको कुरालाई दुबैले अस्विकार गर्दै आएका छन् । तर, भुवन केसीको घरमा काम विशेषले पुग्ने चलचित्रकर्मीले जीयालाई पनि कैयौंपटक भेटेको बताउँछन् ।

भुवन र जीयाको यो लुकिछिपी प्रेमले कहिले औपचारिकता पाउला त ? जीयाले भुवनसँग बिहे गर्ने चाहना सार्वजनिकरुपमै राखे पनि भुवनले भने अहिलेसम्म हरियो बत्ति बालिसकेका छैनन् । यसबारे उनले सार्वजनिकरुपमा केही टिप्पणी गरेका पनि छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment