+
+

सुजुकी बाइकको सर्भिस सेन्टर भिमसेनथानमा

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष २० गते १७:३०

Suzuki-Bike-Service-Center-2

२० पुस, काठमाडौं । सुजुकी बाइकको नेपालका लागि आधिकारिक बिक्रेता भिजी अटोमोबाइल्सले राजधानीको भिमसेनथानमा सर्भिस सेन्टर खोलेको छ । यो सर्भिस सेन्टर नेपालकै सबैभन्दा ठूलो अत्याधुनिक रहेको कम्पनीको दाबी छ ।

कम्पनीले सर्भिस सेन्टर आइतबारदेखि सञ्चालनमा ल्याएको छ । ४० हजार क्षेत्रफलमा फैलिएको सर्भिसेन्टरबाट आधुनिक प्रविधिबाट सेवा प्रदान गर्ने कम्पनीको दाबी छ ।

Suzuki-Bike-Service-Center

सर्भिस सेन्टरमा सुजुकीबाट सर्टिफाइड तथा ट्रेनिङ प्राप्त जनशक्तीले सेवा प्रदान गर्नेछन् । सर्भिस सेन्टरमा सुजुकी बाइकका जेन्यून पार्टसहरु समेत उपलब्ध हुने बताइएको छ ।

कम्पनीका निमिक्त प्रबन्ध निर्देशक अधिर कुमार श्रेष्ठले सर्भिस सेन्टर सञ्चालनमा आएको अवसरमा ४ जनवरीदेखि १४ जनवरीसम्म निःशुल्क चेकअप र मोटरसाइकल धुने सुविधा प्रदान गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?