काठमाडौं । पपस्टार माइकल ज्याक्सनको थ्रीलर शैलीवाट प्रभावित नवोदित गायक प्रशान्त पौडेलको नयाँ भिडियो बजारमा आएको छ ।
‘तरस तरस…बोलको गीत गाएका प्रशान्त आफ्नो गीत साइकोडेलिक थ्रीलर प्याटर्नको भएको बताउँछन् । उनको भनाइ अनुसार यो शैलीको गीत नेपालमा पहिलो हो ।
अंग्रेजी भाषामा गीत गाएका प्रशान्तले तन्नेरी पुस्ताका स्रोताले आफ्नो गीत सुनेर मनोरञ्जन लिएकोे दाबी गरे ।
अंग्रेजी भाषामा गाएका प्रशान्त ज्याक्सनको मुनवाक र ब्रेक डान्सवाट प्रभावित छन् । उनले भिडियोमा पनि ज्याक्सनको शैलीलाई फलो गर्ने प्रयास गरेका छन् ।
गीतमा रोबिन गौतम र प्रशान्तको संगीत रहेको छ भने स्वर प्रशान्तले दिएका छन् । केशब खड्काको निर्देशन रहेको भिडियोमा प्रशान्त र दीपा रानाले मोडलिङ गरेका छन् ।
विभिन्न स्टेजहरुमा ज्याक्सनकै स्टाइलमा डान्स गरेका प्रशान्त ज्याक्सनको डान्स शैलीलाई नेपालमा स्थापित गराउने योजनामा छन् ।
प्रतिक्रिया 4