Comments Add Comment

जैकी चैनका छोरालाई ६ महिना जेल

jaici-chain
एक्सन चलचित्रका राजा मानिने जैकी चैनका छोरा जेसी चैनलाई ६ महिनाका लागि जेल सजाय सुनाइएको छ । उनलाई ड्रक्स धन्दाको आरोपमा ६ महिना जेल सजाय सुनाइएको हो ।

३२ बर्षका जेसी चैनलाई चीनको एक अदालतले ड्रक्स सेवन गर्नेहरुलाई लागूपदार्थ ओसार पोसार गरेको आरोपमा ६ महिनाको जेल सजाय सुनाएको हो ।

प्रहरीले अगष्ट महिनामा जेसी चैनको घरमा छापा मारेर १ सय ग्राम लागू पदार्थ बरामद गरेको थियो । जैकी चैनले छोरालाई सजाय भएपछि आफू निक्कै दु:खीत भएको बताउँदै लज्जा महुशश भैरहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment