२७ पुस काठमाडौं । व्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिले उद्योग मन्त्रालयलाई नेपाल औषधि कम्पनी लिमिटेड सञ्चालन गर्ने आधार प्रस्तुत गर्न निर्देशन दिएको छ ।
आम जनतासँग सम्बन्धित भएकाले प्रभावकारीरुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिँदै यस्तो निर्देशन दिएको सभापति भिष्मराज आङदेम्बेले जानकारी दिए ।
यस विषयमा छलफल गर्न समितिको आगामी बस्ने बैठकमा अर्थ, उद्योग र स्वास्थ्य मन्त्रालयका जिम्मेवार पदाधिकारीहरुलाई बोलाउने निर्णय भएको उनले बताए ।
अर्थ मन्त्रालयले निजीकरण गर्न प्रक्रिया अगाडि बढाईसकेको उक्त कम्पनी सरकारले नै सञ्चालन गर्नुपर्नेमा उद्योग मन्त्री महेश बस्नेतले जोड दिँदै आएका छन ।
उद्योग मन्त्रालयले नेपाल औषधि आफैं सञ्चालन गर्न अर्थ मन्त्रालयसँग बजेट मागिरहेको छ । तर, अर्थ मन्त्तालयले बजेट दिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4