+
+
Shares

यी हुन् महंगो सम्बन्ध बिच्छेद गर्ने कलाकार

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष २८ गते ८:३२

मुम्बई । भनिन्छ बिबाह सम्बन्धहरुलाई ब्यबस्थित गर्ने आधार हो । हरेक महिला-पुरुषले बिबाह गर्ने बेलामा सम्बन्ध बिच्छेदको कल्पना समेत गरेका हुँदैनन् ।
अझ कतिपय जोडीले त बिहे गर्नुअघि वर्षौवर्षसम्म प्रेम गरेर दुबै एक अर्काका आनीवानीवारे साक्षात हुन्छन् । कहिल्यै नछुट्टीने र हरेक सुखदुःखमा साथ दिने बाचा समेत गर्छन् ।

भविष्यलाई सुन्दर बनाउने कसम खाएका तिनै जोडीको सम्बन्धमा यस्तो फाटो आउँछ कि अन्ततः उनीहरु सम्बन्ध बिच्छेदको अबस्थामा पुग्छन् । आफुखुसीले सुटुक्क बिबाह गर्नेहरु समेत छुटि्टने बेलामा अदालतसम्म पुग्छन् र क्षतिपूर्ति लिएर मात्रै छुटिन्छन् । यसरि छुटि्टदै श्रीमानले श्रीमतीलाई अदालतले तोके अनुरुप पैसा दिने चलन छ । हेरौं धेरै पैसा खर्चिर सम्बन्ध बिच्छेद गर्नेहरु को-को छन् ।

163158-hrithik-and-sussanne-k-roshan-at-premiere-of-movie-love-b
एक तिहाइ सम्पत्ति दिए ऋतिकले

अभिनेता ऋतिक रोशन र उनकी पत्नी सुजैन खानको सम्बन्ध बिच्छेदलाई बलिउडमा अहिलेसम्मकै महंगो सम्बन्ध बिच्छेदको रुपमा लिइन्छ ।
ऋतिकसँग सम्बन्ध बिच्छेद गर्दा सुजैनले पाँच हजार करोड भारतीय रुपैयाँ दाबी गरेकी थिइन् । जुन सम्पत्ति ऋतिकको एक तिहाइ सम्पति मानिन्छ ।
आदित्य चोपडाले पनि पायल खन्नासँग सम्बन्ध बिच्छेद गर्दा ५० करोड भारतीय रुपैयाँ बुझाएका थिए । अभिनेत्री रानी मुखर्जीसँग दोस्रो बिहे गरेका आदित्य पनि धेरै पैसा तिरेर मुक्त हुने ब्यक्तिका रुपमा चिनिन्छन् ।

karisma-sandeep
करिष्मालाई ७ करोड

अभिनेत्री करिष्मा कपुरले पनि मोटै रकम लिएर सञ्जय कपुरसँग सम्बन्ध बिच्छेद गरेकी थिइन् । एक छोरीकी आमा करिष्माले ७ करोड रुपैयाँ लिएकी थिइन् । पूर्वपत्नी रिया पिल्लइसँग सम्बन्ध बिच्छेद गर्दा अभिनेता सञ्जय दत्तले ८ करोड रुपैयाँ बुझाएका थिए । साथै उनले एउटा महंगो कार पनि श्रीमतिलाई दिएका थिए र आगामी दिनमा समस्या पर्दा ख्याल गर्ने सम्झौता गरेका छन् ।

बिबाहको १४ वर्षपछि सेफ अलि खान र अमृता सिंहले सम्बन्ध बिच्छेद गरेका थिए । अहिले करिना कपुरसँग बिबाह गरेका सेफ अलिले कति रकम तिरे अहिलेसम्म खुलाइएको छैन ।

एमीलाई एकसय मिलियन डलर

हलिउड निर्देशक स्टीवन स्पीलबर्ग र निर्माता एमी इरविंगले बिबाहको चार वर्षपछि सम्बन्ध बिच्छेद गरेका थिए । एमीले आफ्नो श्रीमानवाट १० करोड डलर पाएकी थिइन् । निर्देशक गाइ रिची र म्याडोना पनि धेरै पैसामा सम्बन्ध बिच्छेद गर्ने जोडीका रुपमा चिनिन्छन् । उनीहरुको सम्बन्ध बिच्छेदमा ९ करोड ३० लाख डलर खर्च भएको थियो ।

रोबिन मुर र मेल गिब्सनको सन् १९८० मा बिबाह भएको थियो । २६ वर्ष उनीहरु छुटि्टएका थिए भने गिब्सनले ४ सय २५ मिलियन डलर खर्च गरेका थिए । जेम्स क्यामरुन र लिण्डा ह्यामिल्टनले बिबाहको ८ वर्षपछि सम्बन्ध बिच्छेद गरेका थिए । ५० लाख डलर उक्त सम्बन्ध बिच्छेदमा खर्च भएको थियो ।

अमेरीकि गायक नील डायमण्ड र मेरिको मर्फीको सम्बन्ध बिच्छेद हुँदा पनि लाखौं डलर खर्च भएको थियो । १५० मिलियन डलर खर्च भएको उक्त सम्बन्ध बिच्छेदलाइ पनि महंगो सम्बन्ध बिच्छेदको रुपमा लिइन्छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?