Comments Add Comment

तालिवान प्रमुख मौलाना अमेरिकाद्वारा आतंककारी घोषित

MullahFazlullah३० पुस, वासिङ्गटन । अमेरिकाले पाकिस्तानको तालिवान प्रमुख मौलाना फजलुल्लालाई विश्व आतंककारी घोषित गरेको छ । फजलुल्लालाई विश्व आतंककारी घोषणा गर्दै उनीविरुद्ध प्रतिबन्ध लगाइएको छ ।

तहरिक ए तालिवान पाकिस्तान (टीटीपी)ले पछिल्लो डिसेम्बर १६ तारिखमा पाकिस्तानको पेशावरमा एक स्कुलमा भीषण हमलाको जिम्मेवारी लिएको थियो । उक्त हमलामा अधिकांश बालबालिकासहित एक सय ५० जना मारिएका थिए ।

अमेरिकी विदेशमन्त्री जोन केरीले पाकिस्तानको लश्कर ए तैयबा, तालिवान तथा हक्कानी नेटवर्क लगायतलाई सबै आतंकवादी संगठनहरुलाई निशासा बनाउने बताएका थिए । उनले पाकिस्तान तथा भारत जस्ता छिमेकी मुलुक मात्र होइन, अमेरिकाको लागि पनि खतरा रहेको बताइरहेकै बेला अमेरिकाले मौलानालाई आतंककारी घोषणा गरेको हो ।

अमेरिकाको उक्त घोषणापछि फजलुल्लाको अमेरिका तथा अमेरिकाको दायरामा रहेका सवै सम्पत्ति जफत् हुनेछ । फजलुल्ला नाभेम्बर २०१३ मा टीटीपीका नेता हकीमुल्ला महसूदको मृत्युपछि टीटीपीका कमाण्डर चुनिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment