+
+
Shares

दीपिका पादुकोण डिप्रेसनको शिकार !

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ ४ गते १०:०६

deepika

मुम्बई । बर्षमा करोडौं कमाई, उच्चस्तरको जीवनशैली, एकपछि अर्को सफलता र वाहवाही, देशबिदेशको सयर अनि छानीछानी केटासाथीको संगत ।

बलिउडमा सफलताको सपना बुन्ने जुनसुकै युवतीका लागि यी आफ्नो जीवनमा सोचेभन्दा ठूला सफलता र उपलब्धि हुन् ।
तर, यी सबका बाबजुद कुनै महिला सुपरस्टार डिप्रेसनमा फस्यो भन्दा तपाई सायदै पत्याउनुहुन्छ होला ।

अहिलेकी चल्तीकी नायिका दीपिका पादुकोण यस्तै डिप्रेसनको शिकार भएकी छिन् । रणबीर कपुरसंग सम्बन्ध बिगि्रएपछि उनले रणबीर सिंहसँग रोमान्स गरिरहेकी छिन् । उनीहरु यही बर्ष बिबाह गर्ने योजनामा पनि छन् ।

तर, दीपिकाको सवैभन्दा फलिफाप भएको बर्ष सन् २०१३ लगत्तै उनी डिप्रेसनको शिकार भएकी थिइन् । ह्याप्पी न्यू इयरको सुटिङताका उनी यस्तो समस्याबाट गुजि्रएको उनले बताएकी छिन् ।
हालै हिन्दुस्तान टाइम्ससँग कुरा गर्दै दीपिकाले डिप्रेसनबारे खुलासा गरेकी हुन् ।

‘हरेक बिहान उठनासाथ मलाई रिसमात्रै उठ्थ्यो, काम गर्ने मुड नै हुँदैनथ्यो तर ह्याप्पी न्यू इयरको सुटिङको क्याइमेक्स चलिरहेको थियो’ दीपिकाले भनिन ‘मैले काममा ध्यान दिन छाडेको थिँए कहिलेकाही एक्लै रुन्थें पनि ।’

आफ्नो समस्याबारे उनले आफ्नी काकीलाई बताएपछि उनले चिकित्सकसँग परामर्श लिइन् । चिकित्सकले दीपिकाको मनोबैज्ञानिक उपचारसँगै औषधी खाने सल्लाह दिए । औषधिले मात्रै उनको समस्या समाधान भएन । केही समय ध्यान गरिन् ।

त्यसलगतै उनी दुई महिनाको् छुट्टी लिएर बैंगलोरस्थित आफ्नो घरमा परिवारका साथ बिताइन ।

हत्तपत्त आफ्ना निजी मामिलाबारे खुल्न नचाहाने दीपिकाले आफ्नो मानसिक समस्याबारे खुलेर बताइन् । उनले मानसिक समस्याबाट पिडीत बिरामीको सहयोगका लागि आफुले सहयोग गर्ने समेत बताइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?