+
+
Shares

सुन ५४ हजारमा झर्‍यो, चाँदी स्थिर

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ ८ गते ११:३१

Gold७ पुस, काठमाडौं । बिहीबार स्थानिय बजारमा सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ । बुधबार सुन एकैदिन तोलामा ८ सय रुपैयाँ बढेर किनबेच भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाल सुनको भाउ तोलाको ५४ हजार रुपैयाँ तोकेको छ । बुधबार छापावाल सुन तोलाको ५४ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो ।

तेजाबी सुनको भाउ पनि बिहीबार तोलामा ४ सय रुपैयाँ घटेर ५३ हजार ७ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।
बिहीबार चाँदीको भाउमा कुनै फेरबदल भएको छैन् । बुधबार तोलामा २१ रुपैयाँ बढेर ७ सय ५५ रुपैयाँमा किनबेच भएको चाँदी बिहीबार पनि सोही भाउमा किनबेच भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?